लुम्बिनी प्रदेशको बाके जिल्ला अन्तर्गतका आठ ओटा स्थानीय तहहरु मध्ये एक हो कोहलपुर नगरपालिका । पुर्ब पश्चिम् राजमार्ग र रत्न राजमार्ग सग जोडिएको सुन्दर नगरी हो कोहलपुर । पश्चिम नेपालको उदियमान नगर कोहलपुर जम्मा १८४.२६ बर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको छ। नेपाल सरकार मन्त्रीपरिषदको मिती २०७१साल बैशाख २५ गतेको निर्णयानुसार साविक कोहलपुर र रझेना गा.बि.स. मर्ज गरि मिती २०७१साल जेठ ७ गते कोहलपुर नगरपालिकाको बिधिवत स्थापना भयो भने २०७३ सालमा साविक शम्शेरगन्ज गा.बि.स.का केही क्षेत्रहरू समाहित गरि यसको क्षेत्र विस्तार गरियो।
यहाँको मौसम उष्ण प्रदेशिय छ भने तापक्रम अधिकतम ४६ डिग्री सेल्सियस देखि न्युनतम ७ डिग्री सेल्सियस सम्म रहन्छ। कोहलपुर पश्चिम नेपालको प्रवेश द्वारको रुपमा लिइने तिब्रतर गतिमा विकास भैरहेको उज्ज्वल भविष्य बोकेको बहुजातीय, बहुभाषिक, बहुसास्कृतिक नगर हो ।
सुन्दर, सफा, ब्यबस्थित र सुबिधा सम्पन्न नगर हरेक कोहलपुर बासीको रहर नहुने त कुरै भएन । कोहलपुर बासीको यो रहरलाई मुर्तरुपमा कसरी बदल्न सकिन्छ मुल प्रश्न यो हो । असम्भव भन्ने शव्द मुर्खहरुको शब्दकोषमा मात्र हुन्छ भन्ने भनाइ मननयोग्य छ। बिश्वमा यस्ता कैयौ दृष्टान्त छन जहाँ असम्भव जस्ता देखिने परिस्थिति सजिलै रुपान्तरण भएका छ्न । त्यसको लागि पहिलो र अनिवार्य सर्त हो राजनीतिक नेतृत्वको इमानदार, पारदर्शी र दुरदर्शी, जिम्मेवार व्यबहार । सामाजिक, आर्थिक, भौतिक रुपान्तरणमा नेतृत्वले कति प्रभाव पार्न सक्छ भन्ने उदाहरणको रुपमा आधुनिक सिङगापुरका निर्माता लि क्वान यु लाई लिन सकिन्छ । त्यो भन्दा नजिक हाम्रै छिमेकी मित्र राष्ट्र चीन र भारतका वर्तमान सरकार प्रमुखलाई लिन सकिन्छ । राष्ट्रपति सी जिङ पिङको नेतृत्वमा चीनले बिश्व अर्थतन्त्रको नेतृत्व गर्ने जमर्को गरिरहेको छ भने भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बलियो उपस्तिथि देखाइरहेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई कार्यकाल निर्विकल्प रुपमा प्रधानमन्त्रीको रुपमा रहनु उनको मजबुत व्यक्तित्व, गुजरातको मुख्यमन्त्री हुदा उनले अवलम्बन गरेको विकासको मोडेल र भारतीय जनता पार्टीको जागरणमा उनको भुमिका प्रमुख कारण हुन।
चीनका राष्ट्रपति सी जिङ पिङ चीनको नेतृत्वमा दोहोरिनको कारण पनि उनको अदभूत क्षमता नै हो जस्ले चीनलाई बिश्व राजनीतिको शिर्ष स्थान तिर उकाली रहेको छ। राजनीतिक नेतृत्वले कति प्रभाव पार्छ भन्ने कुराको अर्को दृष्टान्तको रुपमा भारतको आमआदमी पार्टीका प्रमुख एबम दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई लिन सकिन्छ । पारदर्शी उत्तरदायी सुशासनको धरातलमा सिमित स्रोतसाधन बाट उन्न्नत सुविधा आफ्ना जनता सम्म पुर्याउन सकेकाछ्न। आज उनको इमानदार सुशासनको प्रभाव दिल्ली बाट पन्जाव राज्य सम्म फैलिएको छ । आशा गरौँ उनको प्रभाव सम्पूर्ण भारतमा विस्तार हुनेछ ।
कोहलपुरले अहिले एउटा उम्दा युवा नगर प्रमुखको रुपमा प्राप्त गरेकोछ। उहाँको विजयलाई कतिपयले भेगियताको प्रभावको रुपमा पनि हेरे तर त्यो पुर्ण सत्य हैन । कोहलपुर बासीले कोहलपुरको तिब्र रुपान्तरणको ब्यग्रता पुरागर्न सक्ने सम्भाव्यता उहाँमा तुलनात्मक रुपमा बढी देखे र उहाँलाई आफ्नो नगर प्रमुखको रुपमा छनोट गरे । संयोजनकारी भुमिका र कुशल ब्यबस्थापकिय क्षमताबाट कोहलपुरको समृद्धि प्राप्त भयो भने उहाँको उच्च राजनीतिक सफलताको लागि एउटा टर्निङ पोइन्ट हुन्सक्छ। जसप्रती धेरै आशा गरिएको हुन्छ उसबाट हुनुपर्ने क्षमता प्रदर्सन भएन भने यस्ले सम्बन्धित ब्यक्तिलाई उचाइ हैन कहिल्यै उस्किन नसक्ने गहिराईमा पनि धकेल्दिन सक्छ।
प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्ने पृथ्वीनारायण शाहाको दिब्य भनाइमा गहन अर्थ लुकेको छ । अर्थात कोहलपुरको उन्नतिका लागि अर्को अनिवार्य आवश्यकता हो स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रमबजारमा सजिलै सग समायोजित हुनसक्ने सिपयुक्त मानव संसाधन । यस्को लागि एउटा प्रयास स्वरुप यसै आर्थिक बर्षमा पलम्बिङ, मेकानिक,वाइरिङ, कृषि प्राबिधिक, पशु स्वास्थ्य प्राबिधिक, वयल्डीङ टेक्निसियन, हजाम, ब्युटीसियन, सिकर्मी, डकर्मी, टेलरिङ्ग, जस्ता अधारभुत तालिम प्राप्त प्राबिधिक उत्पादन गर्ने बहुउद्देश्यीय तालीम केन्द्र स्थापना गरौ । जस्ले कोहलपुर नगरपालिका भित्र बसोबास गर्ने आफ्ना प्रत्येक नागरिकको घरमा कुनै न कुनै प्राबिधिक होस । जस्ले रोजगार तथा स्वरोजगारका अवसरहरु सृजना हुन्छ्न र नागरीकको जीवनस्तर वृद्धि हुन्छ।
अर्को कुरो दुई दसकको शिक्षण पेशाको अनुभवले मनमा एउटा हुटहुटी भैरहन्छ। हाम्रा विद्यालय, महाविद्यालय र बिश्वविद्यालय देशको माटो सुहाउँदो राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारमा आवश्यकपर्ने मानव संशाधन उत्पादन गर्न सकिरहेका छैनन् । एउटा पक्षबाट त हाम्रा शैक्षिक सस्थाहरु बेरोजगार उत्पादनका कारखानाको रुपमा विकास भएकाछन भन्दा अन्यथा नहोला । यस्को सामधान के त रु नौ कक्षा भन्दा माथिका सस्थागत सामुदायिक सबै शैक्षिक सस्थाको पुनः संरचना गरौँ । नौ कक्षा भन्दा माथिका शैक्षिक सस्थाको कलस्टरिङ गरौ । श्रमबजारको आवश्यकताको आधारमा एक शैक्षिक सस्था एक शैक्षिक कार्यक्रम संचालन गरौँ । कुनै विद्यालयले कृषि विज्ञान संचालन गर्छ भने अर्कोले पशु विज्ञान संचालन गर्छ । एकले शिक्षा शास्त्र संचालन गर्छ भने अर्कोले बाणिज्य शास्त्र संचालन गर्छ। कुनै सस्थाले इलेक्ट्रिकल पढाउछ भने अर्कोले मेकानिकल वा अटोमोबाइल पढाउछ, अर्कोले सामान्य विज्ञान पढाउछ आदि आदि। यो कार्यक्रम कोहलपुर जस्तो यातायातको प्रयाप्त पहुँच भएको स्थानमा सजिलै कार्यान्वयन गर्न सकिन्छ । यस्ले हरेक शैक्षिक सस्थालाई विशिष्टकृत बनाउछ र रोजगार स्वरोजगारका अवसर मार्फत बेरोजगारीको समस्यालाई समेत सामाधन गर्न अहम भुमिका खेल्छ।
कोहलपुर नगरको विकासका लागि अर्को महत्त्वपूर्ण पक्ष हो भौतिक पुर्वाधार । पुर्वाधारको विकास बिना कुनैपनी स्थानको उन्नति सम्भव छैन। दीगो विकासको सिद्धान्तका आधारमा क्रमागत रुपमा पुर्वाधार विकासको पन्च बर्षिय योजना निर्माणगरी अगाडि बढ्नु श्रेस्कर हुन्छ। बितरणमुखी बजेट बिनियोजन भन्दा प्राथमिकताका आधारमा स्पष्ट कार्ययोजना निर्माण गरि बजेट बिनियोजनगरि निर्धारित समयसिमा भित्र आयोजनाहरु सम्पन्न गर्नुपर्छ।
आवश्यक पर्ने रकमको ब्यबस्थापन गर्न प्रदेश र संघिय सरकार सगको सन्तुलित सम्बन्ध स्थापना गर्न आवस्यक छ। त्यति मात्रै होइन अन्तर्राष्ट्रिय दाताहरूको संलग्नता प्राप्त गर्नसक्नु पर्छ । कोहलपुरलाई माया गर्ने हरेक नागरिकलाई यहाँको विकास अभियानमा जोड्न सक्नुपर्छ । हामी कोहलपुर विकासको आफ्नै मोड्ल निर्माण गरौँ । नागरिकले विश्वास गर्न सक्ने पारदर्शी, मितबेयी सुशासनको प्रत्याभूति दिलाउ र कोहलपुर बासीको विकासको सपना पूरा गरौँ ।