६ आश्विन २०८१, आईतवार
मन्त्री चौधरीले गरे भेरी अस्पतालको निरीक्षण

औंला गनेरै तीन महिनामा काम सक्न निर्देशन


  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार १४:१८

नेपालगञ्ज : सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको बिहीवार निरीक्षण गरेका छन् ।

नवनिर्मित भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले औंला गनेरै तीन महिनामा काम सक्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. वद्रि चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे अवगत गराएका थिए ।

Nabintech