७ आश्विन २०८१, सोमबार
‘नजरबन्दमा’ परेका चोलेन्द्रलाई भेट्न मानव अधिकार आयोगको टोली बालुवाटारमा

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो


  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार १४:२२

काठमाडौं:  राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ ।  सरकारले जबरालाई ‘नजरबन्द’मा राखेपिछ मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भन्नुभयाे ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा पर्नुभएकाे थियाे । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उहाँले आजबाट काममा फर्कने तयारी गर्नुभएकाे थियाे ।

तर सरकारले भने उहाँलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उहाँको निवासमा खटाएको छ  र उहाँलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

Nabintech