७ आश्विन २०८१, सोमबार
गजुरीमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव, बस नै जलाइदिए

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७९, बिहीबार ०६:३०

काठमाडौं : धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

आज विहान विद्यालय जाँदै गरेका  ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।

बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले बसमा आगो लगाइदिएका छन्। उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

Nabintech