७ आश्विन २०८१, सोमबार
लागुऔषध नियन्त्रणमा कोहलपुर प्रहरीको सक्रियता, असामाजिक गतिबिधी रोक्न सरोकारवालहरुको चासो देखिएन

कोहलपुर क्षेत्रमा रहेका राजनितिक दलका व्यक्तिहरु कोहलपुर सुधार्नका लागि एक्यवद्धता हुन आवश्यक


  • प्रमोद रिजाल

  • ७ आश्विन २०७९, शुक्रबार ०८:२५

कोहलपुर:बाँकेको कोहलपुर क्षेत्रमा लागू औषध कारोबारी तथा प्रयोगकर्ताहरु बढ्दो मात्रामा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पछिल्लो छ महिनामा लागू औषधका २३ वटा मुद्दा दर्ता हुँदा ३ महिला सहित ३१ जना प्रहरी नियन्त्रणमा परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखाका अनुसार बितेको ६ महिना यतामात्र विभिन्न मितिमा दर्ता भएका २३ मद्दा मध्ये २० वटा ब्राउन सुगरको मात्र रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखसमेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले बितेको ६ महिना यतामात्र इलाका प्रहरी कार्यालय कोहलपुरमा दर्ता भएका लागु औषधका २३ मुद्दा मध्ये २० वटा ब्राउन सुगर सम्बन्धित, अफिम, नाईट्राभ्याट, गांँजा सम्बन्धित १/१ वटा रहेको जानकारी दिएका छन ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले ब्राउन सुगरको कारोबारमा संलग्न २७ जनालाई १३६ ग्राम ९६१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएर मुद्दा प्रकृया अघि बढाएको छ । यसमा ३ जना महिला रहेका छन् । यसैगरी ३ किलो ८ सय ग्राम अफिम सहित २ जना, नाईट्राभ्याट ३९ ट्यावलेट सहित १ र ३ किलो ७९५ ग्राम गाँजासहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेका जनाएको छ ।

पछिल्लो समय कोहलपुरमा लागु औषध प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुदै गएको छ भने किशोरावस्थाका यूवायुवतीहरु यसको शिकार बन्न पूगेका छन । जसले गर्दा भविष्यमा कर्णधारका रुपमा रहेका बालबालिकाहरु लागुऔषधको जालोमा फस्दै आएको सहजै देख्न सकिन्छ ।

लागु औषध नियन्त्रणका लागि कोहलपुर क्षेत्रलाई कार्यक्षेत्र बनाएका बिभिन्न संघ संस्था सरकारी निकायहरुको खासै चासो गएको देखिदैन, भने प्रहरीको उक्लो सक्रियतामा मात्र यसको जालोलाई नियन्त्रण गर्न असम्भव झै देखिएको छ । तर यस्ता लागु औषध, असामाजिक क्रियाकलाप नियन्त्रणका लागि सबै सरोकारवाला निकायहरुले हातेमालो गर्न आवश्यक देखिन्छ । अन्यथा केहि बर्षमा कोहलपुर क्षेत्रलाई लागुऔषध र देहव्यापारको हवका रुपमा परिचित हुने सम्भाबना प्रवल मात्रामा देखिएको छ ।

कोहलपुर क्षेत्रमा रहेका राजनितिक दलका व्यक्तिहरु कोहलपुर सुधार्नका लागि एक्यवद्धता हुन आवश्यक देखिएको छ । तथापि जनआन्दोलन २ पछि राजनैतिक खिचातानि र आ आफनो स्वार्थ सिद्धगर्न राजनैतिक दलहरु भने एकै ठाउमा उभिन सकेका छैनन ।

Nabintech