९ आश्विन २०८१, बुधबार
साबा बास्केटबल : माल्दिभ्ससँग नेपाल पराजित

  • टाइम्स संवाददाता

  • १० आश्विन २०७९, सोमबार ०७:१७

काठमाडौं : साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ। साउथ एशियन बास्केटबल एशोसिएशनको आयोजनामा माल्दिभ्सको मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो। नेपाललाई माल्दिभ्सले ५१–४७ ले हराएको हो।

रोमाञ्चक बनेको खेलमा अन्तिम २ मिनेटको समय बाँकी हुँदा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो।

अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अन्तिम खेलमा नेपालले भुटानसँग बुधबार खेल्नेछ। प्रतियोगितामा ४ राष्ट्र सहभागी छन्।

Nabintech