७ आश्विन २०८१, सोमबार
कोहलपुर प्रहरिको चाडपर्व लक्षित सुरक्षा रणनीति

प्रहरीले चाडपर्व लक्षित गरि होटल ब्यावसायहरु १० बजेपछि अनिवार्य बन्द गर्नुपर्ने, मद्ययपान, लागुऔषध प्रयोगकर्ता र शंकास्पद ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिने रणनीति अख्तियार गरेको छ


  • टाइम्स संवाददाता

  • १० आश्विन २०७९, सोमबार १९:०८

कोहलपुर: चाडपर्व नजिकिएसंगै समाजमा बिभिन्न बिक्रितिहरु फैलिदै जाने भएकाले इलाका प्रहरी कार्यालय कोहलपुरले बिशेष  सुरक्षा निति ल्याएको छ । पर्वका समयमा समाजमा चोरी, लागु औषध प्रयोकर्ताको बिगबिगी, मद्यपान गरि अबेरसम्म सडकमा हिड्ने ब्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै २४ घण्टा प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । पछिल्लो समय कोहलपुरमा केहि चोरीका घटनामा बृद्धि भएसंगै प्रहरी परिचालनमा बृद्धि गर्नुका साथै बिभिन्न ब्यक्तिहरु पनि पक्राउ पर्ने क्रम जारी रहेको मल्लले जानकारी दिनुभयो । केहि दिन यतामात्र रातीको अबेरसम्म बिनाकाम सडकमा भिडभाड जम्मा हुने, मद्यपान सेवन गरि होहल्ला गर्ने र लागुपदार्थ दुब्र्यसनीहरु पनि पक्राउ गरिएको मल्लले बताउनु भयो ।
प्रहरीले चाडपर्व लक्षित गरि होटल ब्यावसायहरु १० बजेपछि अनिवार्य बन्द गर्नुपर्ने, मद्ययपान, लागुऔषध प्रयोगकर्ता र शंकास्पद ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा दिई आबश्यक कारबाही गरिने छ । गएराती (आइतबार राती ) मात्र करिब २८ जना रातीको समयमा पक्राउ गरिएको र थप ५ जनालाई म्याद थप गर्न लागीएको समेत उहाँले बताउनु भयो ।
चाडपर्वको समय भएकाले पनि अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरु कहाँ को संग गएका छन सोको जानकारी राख्नु पनि सबैलाई मल्लले आग्रह गरेका छन । यस्तै रातको १० बजेपछि पनि सडकमा हिडडुल नगर्न र अनाबश्यक काम बाहेक भिडभाड नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
मल्लले भने अहिले सबै पक्षबाट प्रहरी माथी नै प्रश्न चिन्ह खडा गरिएको अबस्थामा सबै समस्याको समाधान प्रहरीले नै गर्ने भन्ने जनताहरुको बुझाईका कारण पनि केहि काम गर्न कठिनाई रहेको समेत बताउनु भयो । सामाजिक सरोकारका बिषयमा सबै सरोकारवाला निकायहरुको समन्वयमा प्रहरीले काम गर्न पाएको खण्डमा मात्र सबै समस्याको समाधान हुने भएकाले सबै पक्षसंग प्रहरी हातोमाले गरि समाजमा भएका बिकृतिहरुलाई न्यूनिकरण गर्न लागिपरेको छ ।
अहिलेको समयमा स्थानीय सरकार, ब्यापार संघ, लागुपदार्थ दुव्र्यसानीमा काम गर्ने संघसंस्था आदीलगाएका संघ संस्थाहरु मिलेर काम गर्दा समस्याको समाधान छिटो हुने छ । प्रहरी एक्लैले सबै समस्याको समाधान गर्न नसक्ने भन्ने होईन तर जनताको आकांक्षा भन्दा केहि ढिला मात्र भएको हो मल्ल भन्छन हामी दिनरात नभनि काम गरिरहेका छौँ समाजमा भएका सबै खालका बिकृति ल्याउने तत्वहरुलाई केहि दिनमा पक्राउ गर्ने समेत जानकारी दिए । उनी थप्छन समाजमा केहि गलत भैरहेको भान भएमा कोहलपुरबासीहरुले प्रहरीको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।

Nabintech