९ आश्विन २०८१, बुधबार
कोहलपुर बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायत कक्ष स्थापना

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७९, मंगलवार ०६:०६

कोहलपुर /  कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् ।

दशै, तिहार, छठ लगायत पर्वमा समस्या तथा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुग्न सघाउने, ठगी नियन्त्रण र दुर्घटना न्युनीकरणका लागि सहायता कक्ष सञ्चालन गरेको कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । भारतका विभिन्न प्रदेशहरुबाट रुपैडिया नाका हुँदै कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भित्रने मुख्य बसपार्क को रुपमा रहेको छ कोहलपुर बसपार्क ।  कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले चोरी, ठगी, लुटपाट, कुटपिट नियन्त्रण तथा न्यूनीकरण गर्ने उदेश्यका साथ यस्तो कार्यको सुरुवात गरिएको बताउनु भयो । ‘यात्रुले गाडी नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्षमा नियमित सुरक्षाकर्मी परिचालन हुनेछन्’, ‘यात्रुले गर्ने गुनासोको तत्कालै सम्बोधन हुनेछ’ उनले भने ।

 

यस्तै कोहलपुर नगरपालिकाका स्वास्थ शाखाका प्रमुुख अनिल सेन ठकुरीले सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधी र मास्क जस्ता सुविधा उपलब्ध गराउने जनाउनुभयो । बसपार्कमा सञ्चालन भएको विभिन्न तीन वटा यूनिटहरुले चाडपर्व भरी सहायता कक्षबाट सेवा दिनेछन् भने जसमा ईलाका प्रहरी कार्यालयकोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र नगर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सहायता कक्षमा रहने छन् ।

यस्तै कोहलपुर नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत कर्ण थापा, वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारी, सामाजिक विकास संयोजक इश्वरी विश्वकर्मा, बागेश्वरी यातायात व्यवसायी प्रा.लि।का महासचिव टंक प्रसाद बस्याल र नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका का.वा. सभापति बद्रि सापकोटा लगायत अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Nabintech