७ आश्विन २०८१, सोमबार
कोहलपुरको लाहुरे रेष्टुरेण्ट तोडफोड

  • टाइम्स संवाददाता

  • १४ आश्विन २०७९, शुक्रबार ०८:३१

कोहलपुर: कोहलपुर नगरपालिका-११ चौराह नजिकै रहेका लाहुरे रेष्टुरेण्ट एण्ड बार तोडफोड भएको छ । गएराती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका छन् । लाहुरे रेष्टुरेण्ट एण्ड बारका सञ्चालक प्रेम बहादुर शाहीले बोर्ड, बेन्च, टायल, ढोकाहरु तोडफोड भएको बताए ।

केही समयपछि अर्को पसलको ताला समेत तोडफोड भएको छ । तर पसलबाट के के सामान चोरी भएको भन्ने खुलेको छैन । इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्ले अनुसन्धान गरिरहेका छौं तोडफोड गर्ने व्यक्तिहरु पक्राउ गर्ने बताए । २४ सै घण्टा चौराहमा प्रहरीले डिउटी गरिरहको हुन्छ तर तोडफोड हुन प्रहरी ध्यान नदिएको हुनसक्ने स्थानियहरूले बताएका छन् ।

Nabintech