७ आश्विन २०८१, सोमबार
जनमतका विरोधी प्रचण्ड-माधव कांग्रेससँग सिटको भीख माग्दै

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १०:२४

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको बताएका छन्।

एमाले कास्की जिल्ला कमिटीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत संग्रह गर्न चाहेको बताएका हुन्।

गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गर्दै भने, को हो तपाईँहरूको निर्वाचनपछिको प्रधानमन्त्री? शेरबहादुर देउवा? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत संग्रह चाहन्छौं ? कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ?’

जनमतका विरोधी प्रचण्ड-माधव कांग्रेससँग सिटको भीख माग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएपछिको आरोप लगाए।

उनले नयाँ जनमतमा जानु लोकतन्त्रको विरुद्धमा नहुने बताए। देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज कांग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सिट माग्ने अवस्थामा पुगिरहेको चर्चा गरे।

‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सिटको भीख माग्न लज्जाबोध हुँदैन? समाजवादको गफ हाँक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ? मजाक गर्ने? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो? उनले भने। गठबन्धन अस्थिरता र नीतिगत विचलनको कारक भएको बताउँदै जनताबाट तिरस्कृतहरू मिलेर जनतामाथि शासन गर्न खोजेको बताए।

 

Nabintech