७ आश्विन २०८१, सोमबार
नारायणी नदीमा बाढीले सतर्कताको तह पार गर्‍यो

  • टाइम्स संवाददाता

  • २० आश्विन २०७९, बिहीबार ०७:४४

काठमाडौं : अविरल वर्षाका कारण नारायणी नदीमा बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहीबार बिहान दिएको जानकारीअनुसार देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो।

विभागका अनुसार देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मिटर) नजिक पुगेको छ। नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ।

 

Nabintech