८ मंसिर २०८१, शनिबार
दक्षिण अफ्रिकालाई हराउँदै एकदिवसीयमा भारत विजयी

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०७९, बुधबार ०७:२७

एजेन्सी: तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ। दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १०० सय रनको लक्ष्य भारतले मात्र १९.१ ओभरमा पूरा गर् यो। भारतले तीन विकेट गुमाएर १०३ रन बनाउँदै ७ विकेटले खेल जितेको हो।

भारतीय खेलाडी शुभमन गिलले ४९ रन बनाए भने भारतका लागि श्रेयस अय्यरले छक्का प्रहार गर्दै खेललाई जित दिलाए। कप्तान शिखर धनले १४ बल खेलेर मात्र ८ रन बनाएर आउट भए। ५८ रनको स्कोरमा विकेटकिपर क्विन्टन डी ककले इशान किशनको क्याच लिए। इशानले कुल १० रन मात्र बनाए।

शुभमन गिल ४९ रन बनाएर एलबीडब्ल्यू आउट भए । यसअघि टस हारेर ब्याटिङ गरेको अफ्रिकी टोली ९९ रनमा अलआउट भएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन, यानेमन मलानले १५ रन र मार्को जान्सनले १४ रन बनाए। बलिङ गर्दै कुलदीप यादवले चार विकेट लिए । यसबाहेक मोहम्मद सिराज, शाहबाज अहमद र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए।

 

Nabintech