९ मंसिर २०८१, आईतवार
मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७९, शनिबार १०:०८

भारत : मध्य प्रदेशको रीवा नजिक राष्ट्रिय राजमार्ग–३० मा शुक्रबार राति एउटा ठुलो दुर्घटना भएको छ । बस र ट्रेलर एक आपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ भने ५५ यात्रु घाइते भएका छन् । यसमध्ये ३५ जना गम्भीर रहेका ५न् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

रेवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा शुक्रबार राति ११ः३० बजे दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार पहाडबाट ओर्लने क्रममा बस ट्रकमा ठोक्किएको थियो । दुर्घटना हुँदा बसको गति निकै तीव्र थियो । बस हैदरावादबाट गोरखपुर जाँदै थियो । मृत्यु हुनेमा अधिकांश उत्तर प्रदेशका रहेको बताइएको छ । घाइते हुनेमा अधिकांश मजदुर रहेका छन् । सबै जना दीपावली मनाउन घर फर्किरहेका थिए ।
Nabintech