८ आश्विन २०८१, मंगलवार
समाजवादी युवा संघ बाँकेका अध्यक्ष एमालेमा फर्किए

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार १६:२९

खजुरा – एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ, बाँकेका अध्यक्षसहित ३ जना युवा एमालेमा फर्किएका छन् । एमालेको नीति विचार र व्यवहार नै आफ्ना लागि उपयुक्त भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।  युवा संघका अध्यक्ष सुनिल रसाइली, एकीकृत समाजवादीका जिल्ला सदस्य तथा युवा नेता शालिकराम गिरी र बैजनाथ गाउँपालिका कमिटी सदस्य तथा युवा संघका जिल्ला सदस्य अशोक विक सोमवार एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई प्रदेश कमिटी सदस्य घननाथ खनाल, बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा बाँके जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, जिल्ला कमिटी सचिवालय सदस्य किशोर थापालगायतले स्वागत गरेका थिए ।

Nabintech