८ आश्विन २०८१, मंगलवार
आगामी ५ वर्षमा कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गर्न सकिने: मन्त्री अथक

स्थानिय सरकार सफल बनाउन संघ र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु बिजयी हुन अनिवार्य


  • टाइम्स संवाददाता

  • १३ कार्तिक २०७९, आईतवार १७:३२

काेहलपुर: बाम-लाेकतान्त्रीक गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महेश्वरजंग गहतराज (अथक)ले तिनै तहको सरकारको सहकार्यमा मात्रै कोहलपुरको मुहार फेर्न सकिने बताएका छन । गठबन्धन सम्बद्ध दलबाट स्थानियतहमा निर्वाचित जनप्रतिनिधीहरुसँगको छलफलमा युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले यस्तो बताएका हुन ।

उनले तिन तहको सरकार एउटै सेटमा भए आगामी ५ वर्षमा कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गर्न सकिने धारणा राखे । कोहलपुरको स्थानिय सरकारका अधिकाशं जनप्रतिनिधीहरु युवा तथा केही गराैं भन्ने सोचका साथ अगाडी बढेको भन्दै अथकले स्थानिय तहका जनप्रतिनिधीहरुसँग काँधमा काँध र हातमा हात मिलाएर आफु अगाडी बढ्ने प्रतिवद्दता जनाए । उनले जनतासँग गरेका वचन कुनैपनि हालतमा खेर जान नदिने बताउँदै सिंहदरबार चिनेको नेतृत्व नै अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले संघ र प्रदेशमा पनि गठबन्धनका सरकार निर्माण हुने बताए । उनले यस क्षेत्र बाट पनि गठबन्धका उम्मेदवार बिजयी भएमा यस क्षेत्रको बिकास सहज हुने धारणा समेत राखे । उम्मेदवार थारुले बिभिन्न नाममा जनता झुक्काउने काम भएको भन्दै सबैखाले बर्ग क्षेत्र र समुदायका समस्या गठबन्धन सरकारले मात्रै गर्न सक्ने धारणा राखे । कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले काँग्रेस, माओवादी लगायतका दलहरुको सहकार्यमा देशमा शान्ति प्रक्रियाले पुर्णता पाएको, संबिधान निर्माण भएको र यसको रक्षा र कार्यान्यनमा पनि मुख्य रुपमा माओवादी र काँग्रेसको सहकार्य आवश्यकता रहेको धारणा राखे ।

उनले देशमा गठबन्धनको संस्कृती सुरु भईसकेकाले आगमी २० वर्षसम्म गठबन्धन गरेर देश अगाडी बढ्ने धारणा राखे । उनले गठबन्धन दलहरु बिच बिगतमा भएका तित्तता हटाउदै भावनात्मक एकता गर्दै अगाडी बढनु पर्ने धारणा राखे । कार्यक्रममा बोल्दै कोहलपुर १२ का वडाअध्यक्ष विरेन्द्र शाहले तिन तहको सरकारको सहकार्यमा मात्रै विकास सम्भव हुने धारणा राखेका थिए ।

निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार सञ्जु कुमारी थारु, बिष्णु कुमारी चौधरी, पबित्रा रोकाय लगायतको सहभागीता रहेको थियो । छलफल पछि गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधीहरुले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई बिजयी गराउन खटिने प्रतिबद्धता जनाएका थिए । उनिहरुले स्थानिय सरकार सफल बनाउन संघ र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु बिजयी हुन अनिवार्य रहेको बताएका थिए ।

Nabintech