८ आश्विन २०८१, मंगलवार
एमालेले शुरु गर्यो घरदैलो

कोहलपुरको समग्र बिकास र समृद्धीकालागी सुर्यमा मतदान


  • सरला सुबेदी

  • १७ कार्तिक २०७९, बिहीबार १३:२८

कोहलपुर: नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगको निर्देशन मान्दै आजबाट संयुक्त रूपमा घरदैलो अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन बिहिबार कोहलपुर नगरपालिका वडा नं. ११ र १२ मा घरदैलो गरीएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा (ख) दुर्गा प्रसाद चौधरिले नगरका बिभिन्न टोल र बसपार्क क्षेत्रमा घरदैलो अभियान सुरु गरेका हुन ।

घरदैलोका क्रममा उम्मेदवार ढकालले यस क्षेत्रलाई राष्ट्रिय राजनिति विकासमा जोढ्ने बताए। उनले कोहलपुरका मतदाता समक्ष पुरानोलाई धेरै हेरियो यसपटक नयाँ अनुहारलाई एक पटक मतदान गर्न आग्रह गरे। उनले राष्ट्र लाई संकटबाट जोगाउन र संविधानको रक्षा गरि समग्र नेपालको विकासका लागि राप्रपासङ्ग मित्रता गास्दै तालमेल भएको बताए। उम्मेदवार सहित घरदैलो अभियानमा निस्कीएपछि कार्यकर्ता र मतदाताहरु नाम पनि सुर्य छाप पनि सुर्य भन्दै नयाँ अनुहार युवा नेता सुर्य ढकाल जिताउ दुर्गा प्रसाद चौधरीलाई जिताउ भन्दै ब्यापक जनसमर्थन सहित उत्साहित हुँदै चुनावी अभियानमा होमिएका छन् ।

यस्तै आफ्नै वडाको युवा उम्मेदवारलाई केन्द्रको नेता पाउँदा निकै उत्साहित भएकाले यस पटक हामी जस्ता बुढाबुढिलाई पाल्ने पाटिको बाबुलाई मतदान गर्न आतुर भएको बताउछिन स्थानिय रेवती गिरी उनी खुसी हुँदै भन्छिन बाबू हाम्रा मतले जितेसी वृद्धभत्ता ५ पुर्याउनु होला। यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दुर्गा प्रसाद थारुले कोहलपुरको समग्र बिकास र समृद्धीकालागी सुर्यमा मतदान गरि आफुहरुलाई जिताउन आग्रह गरे । उनले समृद्ध गाउँ र विकसित शहर निर्माण आफ्नो सपना रहेको हुँदा त्यो सपना आफ्नो मात्र नभैइ समग्र कोहलपुर बासिको हुनुपर्ने बताउदै ल स्थानिय जनताको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । आजबाट सुरुभएको घरदैलो अभियानका क्रममा स्थानियहरुले यस पटक एक पटक नयाँ अनि युवा उम्मेदवारलाई भोट दिन आफुहरु आतुर रहेको बताउदै स्वतस्फूर्त घरदैलो अभियानमा सामेल भएका छन् ।

Nabintech