८ आश्विन २०८१, मंगलवार
बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन

देशभर १ लाख १५ हजार म्यादी प्रहरी परिचालन


  • टाइम्स संवाददाता

  • २० कार्तिक २०७९, आईतवार ११:१०

नेपालगन्ज : सरकारले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनका लागि बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले देशभर १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको हो । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी परिचालन गरिएको थियो ।

असोज ३० गते म्यादी प्रहरीले नियुक्ति पत्र लिएपछि निर्वाचन सुरक्षा सम्बन्धी करिब एक साताको तालिम पुरा गरेका म्यादी प्रहरीहरुलाई ४० कार्यदिन निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको केन्द्रिय प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए ।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादी प्रहरीलाई थप ४ दिन परिचालन गरिने डीआईजी राईले बताए ।

यसैगरी बाँकोको छिमेकी जिल्ला बर्दियामा १ हजार ५ सय ३४ जना र दाङमा १ हजार ९ सय २० जना म्यादी प्रहरीलाई परिचालन गरिएको छ ।

निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रुपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ ।

Nabintech