८ आश्विन २०८१, मंगलवार
कोहलपुरमा गरे रबिले सम्बोधन बिदेशमा बसेकाहरुलाई फर्काउने आफनो योजना रहेको दाबि

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०७९, आईतवार १९:३१

कोहलपुर: राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रबि लामिछानेले कोहलपुरमा आयोजित सभालाई सम्बोधन गरेका छन । सम्बोधनका क्रममा लामिछानेले बिदेशमा अलपत्र परेका नेपालीलाई आफु एक्लैले उद्धार गरेको दाबि गरेका छन । बिदेशि भुमिमा दुख पाएकालाई उद्धार गरेको बारे पटक पटक बोलेका रबिले अब आफुले नेपाल फर्काउने अभियानमा लाग्ने बताए यद्यपी बेरोजगारहरुलाई कसरी ब्यबस्थापन गरेर फर्काउने हो सो बारे भने चर्चा गरेनन । आफुले १२ बर्ष सम्म परिवर्तनका निम्ति कुनै न कुनै आफु जस्तै युवाले स्वतन्त्र अभियान चलाउछ कि भन्ने पर्खाई रहिरहदा कोहि पनि यस्तो कार्यमा नलागेकाले आफैले नेतृत्व सम्हालेको दाबि गरे ।

भ्रष्टाचार र भ्रष्टाचारीबारे आफुले संसदमा टेबुल ठोक्ने ग्यारेन्टि गर्दै उपस्थितमाझ मन परीवर्तन गरी पटक पटक घण्टिमा मतदान गर्न आग्रह समेत गरे । देश निर्माणका निम्ति खासै ठोस मन्तब्य दिन चुकेका लामिछानेले उपस्थितमाझ इमोसनल मन्तब्य दिंदै आफुतिर मत तान्ने प्रयास गरेका थिए । बिपक्ष दल तथा गठबन्धनका बिरुद्ध अधिकांस समय खर्चेका रबिले आफुनो पार्टिको खास निति कार्यक्रम र कार्ययोजना भने पेश गर्न सकेनन ।

कार्यक्रममा पार्टिको भन्दा पनि रबि ब्यक्तिलाई हेर्नेहरु बढि देखिएको सभा पुराना दल जस्तै पाराले निर्धारित समय भन्दा करीब अढाई घण्टा पछि शुरु भएको थियो । लामिछानेले मन्तब्य दिंदै गर्दा मञ्च समेत अस्तब्यस्त रहेको थियो, मञ्चमै भिड र क्यामेराले भद्धा मजाक लामिछाने कै उडाइरहेको एक सहभागिले बताए । स्वास्थ्य, शिक्षा, गास बास कपास राज्यले ग्यारेण्टि गर्ने बताएका लामिछानेले सो ग्यारेण्टि गर्ने राज्यको श्रोतबारे कुनै जानकारी दिन भने सकेनन ।मनोबैज्ञानिक तरिकाले भाषण गर्न जानेका लामिछानेले उपस्थितमाझबाट पटक पटक तालि पाए पनि परिपक्क ब्यबस्थापन नहुदा मञ्च ब्यबस्थापन गर्न समेत नसक्नेले देश कसरी ब्यबस्थापन र गतिशिल बनाउन सक्छ प्रश्न चिन्ह खडा भएको छ ।

Nabintech