८ आश्विन २०८१, मंगलवार
धेरैजनासँग यौन सम्पर्क राख्ने महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम

  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०७९, सोमबार १०:३०

चितवन: स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सविता श्रेष्ठले धेरैजनासँग यौन सम्पर्क राख्ने महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुने बताउनु भएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. श्रेष्ठले कलिलो उमेरमा यौन सम्पर्क गर्नेहरुलाई पनि पाठेघरको मुखको क्यान्सरको जोखिम हुने बताउनु भएको हो । डा. श्रेष्ठले  भन्नुभयो “कलिलो उमेरमै यौन सम्पर्क भयो, धेरैजनासँग यौन सम्पर्क भयो भने एचपिभि भाईरसको संक्रमणको जोखिम बढी हुन्छ ।

पाठेघरको मुखको क्यान्सर भन्नाले पाठेघरको तल्लो भाग (मुख) मा देखिने क्यान्सर हो । ह्युमन प्यापिलोमा भाईरस (एचपिभि) को संक्रमणका कारण पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । सबै प्रकारका पाठेघरको मुखको क्यान्सरमा यो एचपिभि भाईरसको संक्रमण भएकै हुन्छ । एचपिभिको संक्रमणलाई शरीरको एन्टीबडी (रोक प्रतिरक्षात्मक शक्ति) ले रोक्न सकेन र निरन्तर संक्रमण भईरह्यो भने लामो समयपछि त्यसले क्यान्सर बनाउँछ ।

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ । यसका विभिन्न लक्षणहरु हुन्छन् । महिलाको यौनाङ्गबाट गन्हाउने, सेतो पानी बग्ने, गन्हाउने पानीमा रगतको मात्रा देखिने, यौन सम्पर्कको बेला दुख्ने, यौन सम्पर्कपछि रगत आउने जस्ता लक्षण देखिए भने पाठेघरको मुखको क्यान्सर भएको हुन सक्छ ।

यसबाट जोखिने भनेको यसका जोखिमहरु घटाउने नै हो । कलिलो उमेरमै यौन सम्पर्क भयो, धेरैजनासँग यौन सम्पर्क भयो भने एनपिभि भाईरसको संक्रमणको जोखिम बढी हुन्छ । सरभाईवल क्यान्सरको पनि जोखिम बढी हुन्छ । त्यसैले कलियो उमेरमै यौन सम्पर्क नराख्ने, धेरैजनासँग यौन सम्पर्क नगर्न गर्नु पर्दछ ।

पाठेघरको मुखको क्यान्सरबाट जोखिम अहिले एभपिभि भ्याक्सिन (खोप) समेत आएको छ । यसका साथसाथै समय समयमा पाठेघरको मुखको स्क्रिनिङ टेष्ट (प्याप टेष्ट) गराउनु पर्दछ । क्यान्सर हुनभन्दा पहिले नै संक्रमण पत्ता लगाउन सकियो भने क्यान्सर हुनबाट जोगाउन सकिन्छ । परीक्षण गर्दा यदि क्यान्सर लाग्ने अवस्थामा पुगेको छ वा भर्खरै लागेको छ भने समयमै उपचार गरेर निको बनाउन सकिन्छ ।

१५/१६ वर्षकै उमेरमा विवाह गर्नुभएको छ वा यौन सम्पर्क गर्नुभएको छ भने एचपिभिको संक्रमण हुने जोखिम बढी हुन्छ । पाठेघरको मुखको क्यान्सर ३० देखि ४५ वर्ष उमेर समूहका महिलाहरुमा बढी देखिने गर्दछ । कसैले ढिलो गरी परीक्षणमा आउनु भयो, क्यान्सर फैलिईसकेको छ भने भने ४५–५० वर्षका महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सर देखिने गर्दछ ।

धेरै जनासँग यौन सम्पर्क गर्नु पुरुषसँग यौन सम्पर्क गर्ने महिला र धेरैजनासँग यौन सम्पर्क हुन्छ भने त्यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम सबैभन्दा बढी हुन्छ । स्वास्थ्य संस्थाको पहुँच बाहिर र गरिबीमा रहेका महिलाहरुलाई यसको लक्षणका बारेमा थाहा नै हुँदैन र कहाँ र कसरी परीक्षण गर्ने भन्ने पनि थाहा हुँदैन । जनचेतनाको अभावमा न्यून आर्थिक अवस्था भएको समाजमा पाठेघरको मुखको क्यान्सर बढी देखिने गर्दछ ।

अहिले सरकारले हेल्थपोष्टहरुमा पनि तालिम प्राप्त अनमिहरु राख्ने गरेको छ । उनीहरुलाई पाठेघरको मुखको क्यान्सर परीक्षणबारे तालिम दिईएको हुन्छ । उनीहरुलाई क्यान्सरको शंका लागेमा माथिल्लो स्वास्थ्य संस्थामा रिफर गर्नुहुन्छ । ठूला अस्पतालमा जान सक्ने क्षमता छैन भने हेल्थपोष्टहरुमा गएर भए पनि समय समयमा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउनु पर्दछ ।

चितवन मेडिकल कलेज जस्ता ठूला अस्पतालहरुमा आएपछि विभिन्न स्क्रिनिङ टेष्टहरु गरिन्छ । स्क्रिनिङ टेष्ट गर्दा क्यान्सरको शंका लागेमा थप परीक्षण गरेर क्यान्सर हो होइन पत्ता लगाउँछौं ।

पाठेघरको मुखको क्यान्सरका पनि विभिन्न स्टेजहरु हुन्छन् । स्टेज अनुसार उपचार गर्नुपर्छ । भर्खरै लागेको क्यान्सर छ भने शल्यक्रियाबाट पूरै निको गराउन सकिन्छ । तर पाठेघरभन्दा बाहिर समेत फैलिएको छ भने केमो थेरापी र रेडियो थेरापी समेत गर्नुपर्छ । सिएमसि क्यान्सर इन्स्टिच्यूटमा पाठेघरको मुखको स्क्रिनिङ, क्यान्सरको शल्यक्रिया, केमोथेरापी र रेडियो थेरापी लगायतका परीक्षण र उपचारका सुविधा रहेका छन् ।

Nabintech