८ आश्विन २०८१, मंगलवार
डाक्टरको हातमा ‘बिजुलिको चिम’

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार १७:२५

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्ण हातमा बिजुलिको चिम अङ्कित प्रसार प्रसारको सामाग्री लिएर चुनावी अभियानमा होमिएका छन् ।स्वतन्त्र उम्मेदवार बनेका डाक्टर कर्णलाई निर्वाचन आयोगबाट चुनाव चिन्ह बल्ब ‘बिजुलीको चिम’ हात लागे पछि बिजुलिको चिम बोकेर टोल टोलमा पुग्दै आएका हुन् ।

मध्य तथा सुदुर पश्चिम क्षेत्रमै कहलिएका प्लास्टिक सर्जन डाक्टर कर्ण बिकास र समृद्धिको लागी चुनावी माहोलमा कुदेको बताउने गर्छन् ।चिकित्सा पेशामा नाम कहलियका स्वतन्त्र उम्मेदवार डाक्टर कर्णलाई बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का मतदाताको साथ समेत मिलेको छ ।देशमा स्वतन्त्र उम्मेदवार प्रतिको मोह र लहरका कारण पनि बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार डाक्टर कर्णलाई मतदाताको साथ र माया रहेको स्थानीयको बुझाई छ ।

कर्ण आफैमा पनि लामो समय देखी सामाजिक कार्यमा अग्रसर रहेर ग्रीन नेपालगन्ज अभियानलाई निरन्तर अगाडी बढाउदै आएका ब्यक्ति रहेका कारण समेत मतदाताको साथ र हौसला पाएका छन् । बाँके क्षेत्र नम्बर दुइका स्थानीयलाई कर्णले जितेको खण्डमा क्षेत्रको बिकास र उनले गरेका बाचा पूरा गर्ने कुरामा बिश्वस्त छन्, जसले गर्दा कर्ण घरदैलोका क्रममा जहाँ-जहाँ पुग्छन् उनलाई मतदाताको साथ र हौसला मिलेको छ ।

स्वतन्त्र उम्मेदवार कर्णका अनुसार नेपालगन्जको मतदाताको ठूलो आशा र भरोसा प्राप्त गरेको छु, त्यतिकै साथ र हौसला प्राप्त गरेको कारण पनि चुनावी अभियानमा आफुलाई सहज भएको बताउछन् । ठुला राजनैतिक दल र गठबन्धन गरेर चुनावमा होमिएका दलका उम्मेदवार भन्दा पृथक शैलीले मतदाताको दैलोमा पुग्दै आफ्नो योजना सुनाउने कर्णलाई युवापुस्ताले मात्रै होईन वृद्धवृद्धाले समेत माया र जितको आशिर्वाद दिएका छन् ।

Nabintech