९ मंसिर २०८१, आईतवार
धादिङमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७९, आईतवार ०७:४६

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा १ ज ५५८० नंको बोलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Nabintech