१० मंसिर २०८१, सोमबार
राष्ट्रको पहरेदार जस्ले राष्ट्रको मुद्धा उठाउन सक्छन :अन्नारी

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७९, सोमबार १५:१२

नेपालगञ्ज: नेपाल स्थित अमेरीकी दुवावासकी प्रबक्ता अन्नारीले राष्ट्रको पहरेदार महिला पत्रकार जस्ले राष्ट्रको मुद्धा उठाउन सक्नेमा बिश्वास ब्यक्त गरेकी छिन । उनले नेपालमा पुरुष पत्रकारहरुको बाहुल्यता रहेकोप्रति आश्चर्य ब्यक्त गर्दै आजको युगमा पनि महिला पत्रकारहरुको संख्या न्युन हुनु दुखत रहेको बताईन ।

सञ्चारीका समुहले आयोजना गरेको महिला पत्रकारहरुका लागि क्षमता अभिबृद्धि पुनराअबलोकन बिषयक एक दिने कार्यशाला गोष्ठिमा अन्नारीले यस्तो बताएकी हुन । अन्नारीले महिलाको जनसंख्या धेरै भएको देशमा महिलाहरु नै नेतृत्व तहमा पुग्न नसक्नु भन्दै लोकतन्त्रमा महिला पुरुषको समान आवाज समान समाबेशिता हुनुपर्नेमा जोड दिईन । उन्ले समान समाजको परिकल्पना गर्नका निम्ति पनि महिलाहरुले कलम चलाउनुपर्नेमा जोड दिईन ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रसान्त बिष्टले महिलाहरुको संबेदनशिलताका बिषयलाई लिएर जति महिला पत्रकारहरुले कलम चलाउन सक्छन त्यति पुरुष पत्रकारहरुले खुलेर प्रश्न गर्ने र कलम चलाउन नसक्ने भन्दैमहिला पत्रकारहरुको क्षमता अभिबृद्धिका निम्ति स्थानिय सरकारको हैसियतले निति निर्माणको तहमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । नगर प्रमुख बिष्टले पेशागत निरन्तरता र पेशागत सुरक्षाकालागि राज्य स्तरबाट प्रत्याभुत हुनुपर्ने भन्दै स्थानिय स्तरमा आफुले सक्ने जति कार्य गर्ने जनाए ।

कार्यक्रममा सञ्चारीका समुहकी महासचिव बसन्ति बास्तोला, नेपाल पत्रकार महासंघ बांकेकी उपाध्यक्ष करुणा शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुक्रऋषि चौलागाई लगाएतले आ आफनो धारण राखेको कार्यक्रमको सभापतित्व सञ्चारीका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले गरेकी थिइैन ।

Nabintech