काठमाडौँ : विश्वको कुल जनसंख्या ८ अर्ब पुगेको छ । बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएको हो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ।
राष्ट्र संघका अनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मा पुग्ने जनाएको छ ।