१८ बैशाख २०८१, मंगलवार
मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ११ मंसिर २०७९, आईतवार १५:०४

बाँके,कोहलपुर:  बाँकेको कुसुममा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका– १ चपरगौडिको उकालोमा बिपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किदा सल्यान सारदा नगरपालिका–२ बस्ने २७ वर्षका सुशिलसिंह थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले कोहलपुर टाईम्सलाई बताएको छ ।

यस्तै मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २० वर्षकी रिया श्रेष्ठ र अर्का मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका–३ बर्दिया बस्ने २५ वर्षका कृष्ण प्रसाद पौडेल घाइते भएका छन् । मृतक थापाले चलाएको रा ७ प ५५५४ र घाइते पौडेलले चलाएको ग २१ प ३२४८ नम्बरको मोटरसाइकल आइतवार बिहान ९ बजे तिर एक आपसमा ठोक्किएका थिए ।

घाइते दुबै जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीब्रगतिका कारण मोटरसाइकल एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Nabintech