बाँके: हिंसाको जरा पत्ता लगाउन नसकनु नै हिंसाको अन्त्य हुन नसक्नु हो । यो भनाई हो नेपालगञ्ज उपमहानगर पालिका महिला तथा बालबालिका कार्यालय बाँके जिल्ला महिला विकास अधिकृत मञ्जु पाण्डेको हो। शुक्रबार बाँके जिल्लामा लैंगिक हिंसाको अवस्था र सरोकारावालाहरुको भूमिका विषयक अन्तरकृयामा अधिकृत पाण्डेले हिंसा भन्ने वित्तिकै हामीले शारीरिक यातना हो भन्ने बुझ्छौं तर हिंसा शरीरमा लाग्ने चोट मात्र नभएर महिलाको मानसिक रुपमा पुग्ने आघात पनि भएको बताएकी छन् । ‘हिंसाको वास्तविक जरा अझैं पनि पत्ता लगाउन सकेका छैनौं र त्यो नै समाजबाट साथसाथै व्यक्तिबाट हिंसाको अन्त्य हुन नसक्नुको मुख्य कारण हो ।’ उनले भनिन् ।
महिला विकास अधिकृत पाण्डेले महिला हिंसाका विषयमा सम्बन्धित निकायसंग तथ्यांक नभएको खुुलासा गरेकी छन् । दिगो विकास लक्ष्यको लक्ष्य नं. ५ को लक्ष्य अनुसार संकलन गरिएको तथ्यांक अनुसार शरीरिक हिंसा भएका महिलाहरुको तथ्यांक ७.५ प्रतिशत रहेको छ । सरकारी सेवामा महिलाहरुको सहभागिता औपचारीक रुपमा नभएको बताउँदै सहभागीता जम्मा ३० रहेको र यसको संख्या ५० पुर्याउने लक्ष्य रहेको उनले बताईन् । महिलाहरुको नाममा संस्थाहरु दर्ता हुने र काम भने पुरुषले गर्नेको संख्या बाँकेमा २५ रहेको उनले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ । लैंगिक हिंसाका घटनालाई निमिट्यान्न पार्नकालागि बाँकेका संघसंस्था नभएको बताईन् । उनले समुदाय स्तरमा छरिएर काम गर्न आवश्यक रहेको बताईन् ।
महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गर्नकालागि सबैभन्दा ठूलो लगानी लगाएर काम गर्न सुझाव दिईन् । यस्तै कानून व्यवसायि सुनिता शर्मा महिलाका विषयमा एसियाकै उत्कृष्ट कानून प्रशस्त रुपमा बनेका छन् । तर त्यो कार्यान्वयन हुन सकेको छैन । नेपालगञ्जमा घटेका सबैभन्दा धेरै आत्महत्याको घटना देखिएको उनले बताईन् । अदालतमा पुगेर धरौतिमा छुटेका घटनामा आगो बालेर आन्दोलन गर्नुभन्दा वास्तविक रुपमा पिडितलाई हिंसाको बारेमा जानकारी गराउन आवश्यक छ ।
यौनजन्य हिंसामा सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि
मध्यम वर्गीय परिवारबाट हिंसा भएका महिलाहरु खुल्न नचाहेका हुन्छन् । घटना सार्वजनिक हुनुमा प्राय निम्न वर्गीया परवारबाट हुने गरेका छन् । सोंचलाई बदल्न आवश्यक छ । कार्यक्रममा सहभागी अभियान नेपालका अध्यक्ष कमला पन्तले लैंगिक हिंसाका स्वरुपहरु परिवर्तन हुँदै समाजमा घटिरहेका छन् । जस्लाई सञ्चार माध्यमहरुले स्थान दिएका छन् । र अझैं महिलाका सवालमा पकार्यस्थलमा हुने हिंसा पनि प्रमुख समस्या बनेको छ ।
तर यो विषयमा सबैले ध्यान नदिएको पाईएको छ । कानूनका कुुरामा टेकेर र कानूनलाई नै मानेर पिडितका पक्षमा समाचार सम्प्रेषण गर्न आग्रह गरेकी थिइन् । कानूनलाई प्रभावकारी बनाउन सरोकारवालाहरुको आवश्यकता रहेको बताईन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सरस्वती मल्ल हामीले महिला हिंसाका या लैंगिक हिंसाका विषयमा बोलि रहेका हुन्छौं तर त्यसले पनि महिलाका पक्षमा वकालत गर्ने र पिडित दुबैलाई हिंसा गराई रहेका हुन्छ । समस्यालाई मात्र उजागर गर्ने नभई समाधान गर्नलाई कार्यान्वयनमा जान आवश्यक रहेको बताईन् । महिलाका विषय महिलाले मात्र उठान गर्नुका साथै पुरुषले पनि उठाउन आग्रह गरेकी थिईन् ।
अन्नर जातिय विभेद र बेचबिखन, बाल विबाह र अभिभावकहरुले बेचेको आरोप लगाएका विषयहरु ईन्सेकमा आउने गरेको बताईन् । पिडकलाई राजनीतिक दलका प्रतिनीधिहरुले संरक्षण गरेको बताईन् । यस्तैनिल सागर सेवा आश्रम सरिता खनालले अपारधिलाई जेलमा पठाउने मात्र हिंसाको अन्त्य नभएको बताउँदै जेलमा जाने वातावरणको अन्त्य गर्न सक्यौं भने मात्र समाजबाट हिंसा अन्त्य हुन सकछ । नील सागरमा लैंगिक हिंसाबाट जन्मिएका अभिभावकहरुबाट जन्मिएका बालबालिकाहरु रहेको बताउँदै उक्त बृद्धाश्रममा मनोसामाजिक समस्याबाट ग्रस्त छन् र लामो समयदेखि औषधी खाईरहेका छन् ।
उनले प्रश्न गर्दै भनिन् त्यसरी जन्मिएका बालबालिकाहरुको बाबुलाई कस्लाई खोज्ने ? त्यो औषधीको भरपाई कस्ले गर्ने ? उहाँहरुको जीवनको रक्षा कस्ले गर्ने ? हिंसा अन्त्यका लागि घरबाट नै नैतिक शिक्षाको चेतना दिन आवश्यक भएको सुझाव दिईन् । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य शान्ति ढकालले राजनीतिमा महिलाहरुलाई ३३ प्रतिशत कानूनमा उल्लेख गरेतापनि सम्पत्तिको कारण देखाउँदै महिलाहरुलाई पद दिईंदैन जुन कुरा आफैमा एउटा पितृसत्तात्मक सोंचले गरेको हिंसा हो । उनले गठबन्धनका नाममा महिलाको पद पुुरुषलाई नै दिईएको बताईन् । सरकारी कार्यालय भित्र महिला सहभागिता कम भएको बताउँदै राजनीति दिल भित्र महिलाहरुलाई काम गर्न सहज नभएको बताईन् ।
निर्णयमा महिलाहरुको पहुँच अहिले पनि नभएको बताउँदै राजनीति दलभित्र व्यापक मात्रामा हिंसा भएको बताईन् । शुक्ररिषि चौलागाईले आर्थिक रुपमा सशक्त र सवल नहुँदासम्म हिंसाका घटनाहरु घट्ने गरेका छन् । पत्रकार महासंघले लैंगिक विषयमा अन्य संस्थाको तुलनामा निकै नै जोड गरेको भएतापनि सञ्चार माध्यमले हिंसाका घटनालाई समेट्न नसकेको बताए । कसैबाट हिंसा सहन भई रहेका छन् भने त्यस्ता पत्रकार महिलाहरुले खुलेर राख्न सुझाव दिए । मिडियामा आउन आवश्यक नभएका घटनाहरुलाई सञ्चारकर्मीले ध्यान दिएर सम्प्रेषण गर्न आवश्यक रहेको बताए ।
चौलागाईँले पत्रकार महिलाहरुलाई अगाडी बढाउन आफुले सकारात्मक भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनहरुमा पत्रकारीतामा महिलाहरुलाई अगाडी बढाउन आफु प्रतिबद्ध रहेको बताए । यस्तै नेपाल लेखक संघका केन्द्रिय सदस्य रिचा लुईटेलले घटनाका प्रकृति फरक भएको हुनाले त्यसका संवेदनशिलतामा ध्यान दिन जरुरी रहेको बताईन् । कार्यक्रममा नेकपा माओबादी केन्द्रका रेनुका खड्काले महिला हिंसाका सवालमा सम्बन्धित निकायका सरोकारवालाहरुले बोल्ने मात्र नभई ग्रामिण स्तरमा गएर समाधान गर्न सबै एकजुट आवश्यक रहेको बताईन् ।