२९ मंसिर २०८१, शनिबार
चिसो बढेसंगै निम्न बर्गिय परिवारलाई दैनिकीमा समस्या

  • टाइम्स संवाददाता

  • २९ मंसिर २०७९, बिहीबार १६:५३

कोहलपुर: चिसो बढेसंगै निम्न बर्गिय परिवारलाई दैनिकीमा समस्या हुदै आएको छ । के खाउ के लगाउ भन्ने परिवारका बालबालिकालाई बिद्यालय जान पनि एक थान न्यानो कपडा नहुदा यनीहरु विद्यालय बहिस्कार गर्न बाध्य हुने दिन आएका छन । निम्न बर्गिय परिवारलाई लक्षित गर्दै कोहलपुर नगरपालिका वडा नं ३ बेलनपुरको श्री मदरसा हिमालय गरिब नवाज प्राथमिक बिद्यालयका करिब ५० जना छात्र छात्रालाई न्यानो कपडा स्विटर बितरण गरिएको छ ।
बालबालिकाहरुलाई चिसोमा केहि राहात होस भन्ने उदेश्यका साथ न्यानो कपडा बितरण गरिएको युवा नेता केशव शाहीले जानकारी दिनु भयो । शाहीले भन्न भयो यो सहयोग कुनै पार्टीगत नभई गाउटोलकै युवा व्यावसायी युद्ध अर्याल, र ई चुडामणी सुवेदीको ब्यक्तिगत सहयोगमा कलिला बालबालिकाहरुलाई आफुहरुले सहयोग गरेको जानकारी दिनु भयो । विद्यालयमा अध्यनरत बालबालिकाहरु मध्ये पारिवारीक रुपमा कमजोर रहेका ५० जना बालबालिकाहरुलाई न्यानो स्विटर बितरण गरिएको व्यावसायी युद्ध अर्यालले जानकारी दिनु भयो । यस्ता कामलाई आफुहरुले आगामी दिनमा पनि निरन्तरता दिदै जाने चुडामणी सुवेदीले बताउनु भयो ।
Nabintech