काठमाडौं: सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।
गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।