१० मंसिर २०८१, सोमबार
चिसो अत्याधिक बढेपछि जानकी र राप्तीसोनारीका विद्यालय बन्द

  • टाइम्स संवाददाता

  • २१ पुष २०७९, बिहीबार १५:३२

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाका विद्यालयहरु पनि बिहीवारदेखि बन्द भएका छन् । चिसो अत्याधिक बढेपछि गाउँपालिकाका सम्पूर्ण सामुदायिक, निजी र मदरसाहरुमा दुई दिन विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले चिसोका कारण विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा असहज वातावरण सिर्जना भएकाले पुस २१ र २२ गते विद्यालयहरु बन्द गरिएको बताइन् ।

यसैगरि अत्यधिक चिसो बढेपछी बाँकेको राप्तीसोनारी गाउँपालिकाका विद्यालयहरु २ दिन बन्द हुने भएका छन् । अत्यधिक चिसो भई सितलहर चल्न थाले पछि राप्तीसोनारी  गाउँपालिकाले विद्यालयको पठनपाठन २ दिन बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र सन्चालित सामुदायिक र निजी बिद्यालयलाई दुई दिन बन्द गर्ने निर्णय गरेको हो ।

बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जिवन न्यौपानेले जानकारी दिए ।  उनका अनुसार यही पुस २१ गते देखी २२ गतेसम्मका लागी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

Nabintech