१२ मंसिर २०८१, बुधबार
बालबालिकालाई जाडोबाट जोगाउन न्यानो लुगा वितरण

चिसो बढेसँगै त्यसबाट बच्नका लागि टुहुरा तथा विपन्न बालबालिकाहरुलाई  न्यानो लुगा र स्वीटर वितरण


  • टाइम्स संवाददाता

  • २३ पुष २०७९, शनिबार १५:२४

बैतडी : जिल्लाको पुर्चौडी र दशरथचन्द नगरपालिकाका बालबालिका न्यानो लुगा वितरण गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ७ स्थित गलिनाथ माविमा अध्यानरत आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई  न्यानो लुगा र स्वीटर वितरण गरिएको हो।

चिसो बढेसँगै त्यसबाट बच्नका लागि टुहुरा तथा विपन्न बालबालिकाहरुलाई  न्यानो लुगा र स्वीटर वितरण गरिएको विद्यालयका प्रद्यानाध्यापक दिनेश नगारीले जानकारी दिए। विद्यालयका पूर्व विद्यार्थी तथा युवा व्यवसायी डम्बर बहादुर ऐर (बिपीन) को  सहयोगमा प्राप्त स्वीटर र झोला वितरण गरिएका हो।

टुहुरा बालबालिकाका लागि पुचौर्डी ७ घर भई हाल काठमाण्डौंमा व्यवसाय गर्दै आएका युवा व्यावसायी ऐरले स्वीटर र   झोला   खरिद गरेर विद्यालयलाई उपलब्ध गराएको थियो।

यस्तै,  दशरथचन्द नगरपालिका ६ स्थित कालिका मावि थालीगडामा अध्ययनरत विद्यार्थीहरुलाई पनि न्यानो लुगा वितरण गरिएको छ। राधा माधव समिति र डिभाइन युथ क्लबको संयुक्त सहयोगमा  बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरिएको हो। न्यानो लुगा, स्वीटर, टोपी, झोला पाउँदा बालबालिका खुसी भएका छन्।

Nabintech