१२ मंसिर २०८१, बुधबार
संसद्‍मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो : केसी

  • टाइम्स संवाददाता

  • २६ पुष २०७९, मंगलवार १६:०५

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको सरकारलाई प्रतिपक्ष नभएको कारण हाइसञ्चो हुने बताएका छन् संसद्‍मा सम्बोधन गर्दै केसीले भएका सबै दलहरू सरकारको समर्थन गरेर प्रतिपक्षमा कोही बस्न नखोजेको देख्दा आफू अन्यौलमा परेको बताए।

प्रतिपक्ष नभए पछि सरकार चल्छ? संसद्‍मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो’, उनले भने’, कि हिजो गरेका घोटलाहरूमा कुनै सजाय नहोस भनेर सरकारसँग सबै पार्टी मिलेको हो की भन्ने मलाई लागेको छ।’ देशको लोकतन्त्र बचाउन प्रतिपक्षको आवश्यक रहेको भन्दै केसीले आफ्नो पार्टीले सरकारलाई विश्वासको मत नदिने बताए।

Nabintech