कोहलपुर, बाँके: बेटर बाँकेले कोहलपुर वार्ड नं. ११ प्रेमनगरमा अवस्थित आशा बाल अनाथ आश्रमलाइ खाद्यन्न तथा बल्याङकेट बितरन गरेको छ। प्रेमनगरमा अवस्थित यस आश्रम बिगत दुई बर्षदेखि दर्ता प्रक्रियामा रहेको भएपनि हाल सम्म दर्ता हुन नसकेको कारणले गर्दा यहा रहेका बालिकाहरुलाइ खाद्यान्न तथा न्यानो कपडाको अभाव रहेको जानकारि प्राप्त भएपछि आर्थिक संकलन गरि ३ महिनालाइ पुग्ने गरि राशन र ४ थान बल्याङकेट लिएर बेटर बाँके सहयोगका लागि आश्रम पुगेको हो ।
बेटर बाँकेको सहकार्यमा कोहलपुर मोडेल कलेजका प्राध्यापक समाजसेवी हरि पोख्रेलले यस वितरणमा सम्पुर्ण खाद्य सामाग्रीको लागि आर्थिक सहयोग गरेका थिए । अन्य आर्थिक संकलनमा युवराज देवकोटा, जिवन रावत र रन्जिता अधिकारी ले सहयोग गरेको बेटर बाँकेले कोहलपुर टाईम्सलाई जानकारी दिएको छ।
चिसोको कारण कोहि पनि बिरामी हुन नपरोस भन्ने उद्देश्यका साथ बिगत ३ हप्ता देखि बेटर बांकेले सफा र नच्यातिएको लुगाहरु जुङ्गे पिज्जा कर्नर कोहलपुर दशविघामा संकलन गरि आवश्यक ब्यक्तिहरुलाइ बितरण पनि गर्दै आएको छ।