११ मंसिर २०८१, मंगलवार
आफनै श्रीमती र छोरालाई आगो लाउने फरार बि.क. पक्राउ, बालकको मृत्यु

फरार रहेका बिकलाई प्रहरीको टोलिले बांकेको जमुनाह नाकाबाट प्रक्राउ गरेको हो


  • बिकल भट्टराई

  • १६ माघ २०७९, सोमबार ०८:१६

कोहलपुर,बांके: आईतबार संसाझ कोहलपुर नगरपालिका वडा नं. २ शक्तिनगरमा आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका भानुभक्त बि.क.लाई प्रहरीले मध्य राति बांकेको जमुनाहा नाकाबाट पक्राउ गरेको छ ।आइतबार बेलुका  ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि भानुभक्त विकले ३० वार्षिया श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएका थिए ।

घटनापश्चात ईलाका प्रहरी कार्यालय कोहलपुरले फरार बि.क.को खोजिमा ठुलो मात्रामा प्रहरी परीचालन गरेको थियो । आईतबार राती नै प्रहरीले भारत पस्न खोजेका बि.क.लाई जमुनाह नाकाबाट पक्राउ गरेको हो । बि.क.ले घरायसी झगडाका कारण आफ्नै मोटरसाईकलबाट पेट्रोल निकालेर आफनै धर्मपत्नि र छोरामाथि आगो झोसेका थिए । आईतबार बिहान देखिनै श्रीमान र श्रीमतीका बिच झगडा भैरहेको थियो एक छिमेकीले कोहलपुर टाईम्सलाई भने ।

गंगा वि.क. र २ वर्षिय छोरा प्रिन्स वि.क.लाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा गम्भिर घाईते २ वर्षिया प्रिन्सको थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको भएपनि उपचारका क्रममा बालक प्रिन्सको मृत्यु भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

फरार रहेका बि.क.लाई प्रहरीको टोलिले बांकेको जमुनाह नाकाबाट प्रक्राउ गरि आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेको जनाएको छ ।

 

Nabintech