२४ आश्विन २०८१, बिहीबार
नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई

नितीगत कुरामामा त्रुटि कमजोरी भए सुधार गर्दै लैजाने नगर प्रमुखको प्रतिबद्धता


  • टाइम्स संवाददाता

  • २९ माघ २०७९, आईतवार २१:१५

कोहलपुर, बांके: कोहलपुर नगरपालिकाले आर्थिक बर्ष ०७९ /०८० को प्रथम अर्धबार्षिक अबधिमा नगरबाट भए गरेका कामकारबाहिहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जेसीज कोहलपुरको सहजिकरणमा आज आईतवार कोहलपुर नगरपालिका नगर कार्यपालिकाको सभा हलमा कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नागरिक प्रतिबेदन अनुसुचि २ बमोजिमका ५३ प्रश्नावलीहरुको साराशं सहित जेसीजले नगरपालिका, वडाहरुमा हुने कामकारबाहि सहितको कार्य प्रगति, सेवा, सफिारीस, पारदर्शिता तथा बिबिध बिषयमा नागरिकहरुसंग सवाल जवाफ लिएको फेरीहिस्त प्रस्तुत गरेको थियो ।
जेसीजले पेश गरेको प्रतिबेदनका अधिकांस सुचकहरु कोहलपुर नगरपालिका सुधारउन्मुख नगरपालिकाको रुपमा चित्रण गरेको छ ।

नागरिकहरुको जवाफदेहिता दिने सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका १५ वडा मध्य ५ वटा मात्र वडाका वडाध्यक्षहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । नागरिकहरुको जवाफ दिने ठाउमा आउन नसक्ने वडा अध्यक्षहरु आफनो वडामा विकास निर्माण र सुशासनमा कसरी काम गरिरहेका छन आम नागरिकहरुले चासो ब्यक्त गरेका छन ।

नगरको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्न र जिज्ञाशाहरुको नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी र प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जवाफ दिएका थिए ।

सुचना अभियान्ता भुम भण्डारी, बिद्यार्थी नेता दिनेश के.सि., महिला नेतृ शान्ति सुनार, सञ्चारकर्मि प्रमोद रिजाल लगाएतका सहभागिहरुले नगरपालिकाबाट सम्पन्न कार्यहरुबारे प्रश्न उठाएका थिए । उठेका प्रश्नहरुको जवाफ दिंदै नगर प्रमुख आचार्यले नगरपालिका जवाफदेही भएको प्रष्ट पार्दै नितीगत कुरामामा त्रुटि कमजोरी भए सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

Nabintech