कोहलपुर,बाके: अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हवलदारपुरले एकदिने वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । हवलदारपुरका शाखा प्रबन्धक जनक बहादुर ताम्राकारको अध्यक्षता एवं बासगढी शाखाका शाखा प्रमुख दुर्गालाल बि. क.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयको थियो । कार्यक्रममा कार्यलयका कर्मचारी रक्षा चौधरी,मिन बहादुर चौधरी समेतको उपस्थिीतीमा सदस्यहरुलाई कर्जा, बचत एबं परियोजनाहरुका बारे वित्तीय सचेतना प्रदान गरिएको अभियान लघुवित्त हवालदारपुरले कोहलपुर टाईम्सलाई बताएको छ ।
कार्यक्रममा ३ वटा केन्द्रका सदस्य तथा अभिभावक गरि जम्मा २५ जना सहभागिता रहेको थियो भने कार्यक्रमको प्रशिक्षकमा दुर्गालाल बिकले वित्तीय साक्षरताको बारेमा सहभागीलाई सहजीकरण गरेका थिए । सस्थाको सेवा सुविधा निति नियम बारेमा जनक बहादुर ताम्राकारले प्रस्ट पारेका थिए ।
सहभागीको तर्फबाट केन्द्र प्रमुख श्री सन्जय चौधरी ,दिपक सुनार,शान्ति सुनार लगायतले वित्तीय साक्षरता सम्बन्धी धेरै कुराहरु सिक्न पाउँदा आफुलाई खुसी लागेको कुरा बताउदै संस्थाप्रति धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण कर्मचारी रक्षा चौधरीले गरेकि थिईन ।