कोहलपुर,बांके: संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिभिजनले समय अनुसार आफुलाई परिमार्जन गर्दै जानुको विकल्प नभएको बताउनुभएको छ । एनटिभी कोहलपुरको आज निरीक्षण गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दै गएको प्रभाव र दर्शकको चाहाना अनुसार कार्यक्रम उत्पादनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
मन्त्री शर्माले संविधान कानुनमा भएको व्यवस्थाको बारे लक्षित वर्ग तथा सम्बन्धित समुदायले जानकारी नपाउँदा न्याय पाउन कठिन भएको भन्दै तल्लो वर्गका नागरिकले पाउने अधिकारबारे जानदिने खालका क्रार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।। PAUSE निरीक्षण भ्रमण पछि कार्यालयमा भएको औपचारिक कार्यक्रममा बोल्दै उहाँले रेडियो नेपाल र टेलिभिजनलाई सयुक्त रुपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।संघियता कार्यान्वयन गर्न पश्चिम नेपालमा एनटिभी कोहलपुरले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले स्थानीय सरकारसंग पनि थप सहकार्य गर्न निर्देशन दिनुभयो ।
यस्तै नेपाल टेलिभिजनका कार्यकारी निर्देशक समिरजंग शाहले संस्थानलाई आवश्यक जनशक्ति व्यवस्थापनका लागि नेतृत्व लागि रहेको बताउनुभयो । उहाँले नयाँ जनशक्तिको व्यवस्थापनका लागि रोकिएको परिक्षा सञ्चालन र रोकिएका बडुवा प्रक्रिया छिट्टै सुरु हुने बताउनुभयो ।। PAUSE कार्यक्रममा एनटिभी कोहलपुरका प्रमुख विजयकुमार वर्माले पछिल्लो समय भएका उपलब्धिबारे वृफिङ्ग गर्नुभयो ।
उहाँले च्यानलमा विद्यामान रहेका समस्याबारे मन्त्रालयले आवश्यक समन्वय गर्ने अपेक्षा व्यक्त गर्दै एनटिभी कोहलपुरले आफ्नो उद्देश्य पुरा गर्न लागिपरिरहेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्णा सुवेदी जिल्ला हुलाक कार्यालयको प्रमुख गोविन्द पाण्डे लगायत जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।।