१३ मंसिर २०८१, बिहीबार
उद्योग बाणिज्य संघको प्रेस मिट अघोषित रुपमा बहिस्कार

भोलि उदघाटन हुने भनिएको महोत्सव स्थलमा स्टलहरु अझै तयार भई सकेका छैनन


  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०७९, बिहीबार १९:५२

कोहलपुर, बांके: बांकेको कोहलपुरमा क्रियाशिल पत्रकारहरुले उद्योग बाणिज्य संघले आयोजना गरेको प्रेस मिट बहिस्कार गरेका छन आज बिहिबार ५ बजेलाई तोकिएको पत्रकार भेटघाट कार्यक्रम अघोषित रुपमा बहिस्कार गरिएको हो ।

सामाजिक उत्तरदायित्व समेत नरहने गरि पत्रकारहरु र इतर संस्थाहरुलाई उद्योग बाणिज्य संघ कोहलपुरले प्रेस मैत्रि बातावरण गराउन नसकेको भन्दै प्रेस मिट अघोषित रुपमा बहिस्कार गर्नुपरेको पत्रकार दिपक राईले बताए ।

पत्रकारहरुलाई दैनिक रुपमा समाचार संकलन गर्ने गरि कुनै पत्रकारलाई पनि सचिवालयको जिम्मा नदिएको र उद्योग बाणिज्य संघ प्रेस मैत्रि नभएको प्रति पत्रकारहरुले आश्चर्य जनाएका छन । पत्रकार संगिन शर्माका अनुसार यस अघि भएका महोत्सवहरुमा पत्रकारलाई सुचना तथा समाचारका लागि सचिवालयको ब्यबस्था गर्ने गरेको स्मरण गर्दै यस पटक उद्योग बाणिज्य संघ यो बिषमा किन चुकेको भन्ने प्रश्न खडा भएको बताए ।

”न्युज लेख्न पैंसा लाग्छ र” भन्ने जस्ता गैर जिम्मेवारी अभिब्यक्ती दिएको उद्योग बाणिज्य संघले प्रेस मैत्रि वातावरण नबनाउदा सम्म उद्योग बाणिज्य संघका सबै कार्यक्रम बहिष्कार गर्ने पत्रकारहरुको निष्कर्ष रहेको छ ।

यसैबिच नागरिक उन्मुक्ति पार्टिले कोहलपुरमा आयोजना हुने महोत्सवको निमन्त्रणा बहिस्कार गरेको छ । निमन्त्रणा लिन बोलाएका थिए हामीले लिदैनौ भन्यौ नागरिक उन्मुक्ती पार्टिका नेता भुम भण्डारीले कोहलपुर टाईम्सलाई बताए ।

महोत्सव स्थलमा मदिरा प्रतिबन्ध
उद्योग बाणिज्य संघले आयोजना गर्ने यसपालिको महोत्सव स्थलमा मदिरालाई बन्देज गर्ने उल्लेख गरेको छ । उद्योग बाणिज्य संघले तयार पारेको प्रस्तावना पत्रको बुंदा नं. १५ मा यो ब्यबस्था रहेको उल्लेख गरेको छ । मेला महोत्सव स्थल भित्र धुम्रपान तथा मदिरापान गर्न तथा बिक्रि बितरण गर्न नपाईने उल्लेख गरिएको छ ।

कार्यान्वयन हुनेमा शंका ब्यक्त गर्दै मेला परिसरमा भेटिएका एक सर्वसाधारणले प्रस्तावना पत्रमा समाबेश भएका कतिपय कुराहरु मेला महोत्सव संग मेल नखाने बताएका छन ।

भोलि उदघाटन हुने भनिएको महोत्सव स्थलमा स्टलहरु अझै तयार भई सकेका छैनन भने स्टलहरु निकै सांघुरो मान्छे आवत जावत गर्ने बाटो समेत साघुरो रहेको स्टल क्रेताहरुको दुखेसो रहेको छ । स्टलहरुमा राखिएको फलाम तथा टेवलहरु गुणस्तरीय नभएको हावाको एक झोक्कामै उडाएर लैजान सक्ने कमसल माल मेटरीएल राख्दा बाहिर बाट आउने पाहुना तथा ब्ययपारीलाई र महोत्सवलाई नै गिज्जयाउनेमा दुई मत छैन ।

Nabintech