१२ मंसिर २०८१, बुधबार
सार्क जर्नालिष्ट फोरमको त्रीदेशिय सञ्चार सम्मेलन भारतको आगरामा हुने

सम्मेलनले खासगरी सार्क क्षेत्रका पत्रकारको सुरक्षा, क्षमता अभिबृद्धि एव विभिन्न क्षेत्रमा सहभागिताको लागि नीतिगत विभिन्न निर्णयसमेत लिने अपेक्षा


  • टाइम्स संवाददाता

  • १७ फाल्गुन २०७९, बुधबार ११:४१

नेपालगञ्ज: सार्क जर्नालिष्ट फोरमको आयोजनामा दुईदिने इण्डो नेपाल बंगलादेश त्रीदेशिय सञ्चार सम्मेलन भारतको आगरामा आयोजना हुने भएको छ । सार्क जर्नालिस्ट फोरमका अध्यक्ष राजु लामाका अनुसार आगामी बैशाख २२र २३ गते (मे ५र६ )मा आगराको क्लाक्र्स शिराज होटलमा त्रीदेशीय सम्मेलन आयोजना गरिने भएको हो ।

सम्मेलनमा सहभागि हुन चाहनेहरुका लागि अग्रिम रजिष्ट्रेशन खुला भएको अध्यक्ष लामाले जानकारी दिए । सो सम्मेलनले खासगरी सार्क क्षेत्रका पत्रकारको सुरक्षा, क्षमता अभिबृद्धि एव विभिन्न क्षेत्रमा सहभागिताको लागि नीतिगत विभिन्न निर्णयसमेत लिने अपेक्षा गरिएको छ । यसैबीच सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको पहिलो सम्मेलन चैत्र महिना भित्रमा आयोजना गरिने भएको छ ।

नेपाल च्याप्टरका संयोजक प्रकाश शिलवालको नेतृत्वमा काठमाण्डौमा आयोजना गरिने सो सम्मेलनको तयारीका लागि संगठन विभाग प्रमुख रुपेश आचार्य, आर्थिक विभाग प्रमुख सुरन्द्र भक्त श्रेष्ठ, प्रचार विभाग प्रमुख रत्नकाजि महर्जन र सचिवालय सदस्य कविता थापा रहेको सम्मेलन तयारी समिति गठन गरिएको छ ।

Nabintech