जुम्ला: जुम्लाको सिञ्जा गाउँपालिका ३ सय २७ जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन्। ३ दिने पालिका स्तरीय महिला प्रजनन सम्बन्धी घुम्ती स्वास्थ्य शिविरबाट स्वास्थ्य उपचार गरेका हुन्।
पाठेघर सम्बन्धी चेकजाँच भिआइए सेवा, आङ खस्ने समस्या भएका महिलाहरूको लागि चेकजाँच तथा उपचार सेवा,सेतो पानी बग्ने ढाड दुख्ने तल्लो पेट दुख्ने सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिइएको हो। दुर्गम क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको उनले बताए।
उनले भने,’अहिले पनि जुम्लाका महिलाको कार्य बोझ घटेको छैन, व्यवस्था परिवर्तन भए पनि ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।’
जुम्लाका महिलाहरू प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्य बोझका कारण खानपान र सरसफाइको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको चिकित्सकहरू बताउँछन्।