१० मंसिर २०८१, सोमबार
विकास संवाद र संबृद्धिको बाटो नामक संस्था नरैनापुर आगलागि पिडित माझ

अब नरैनापुर फुसका घर रहितको अभियान नै चलाउनुपर्ने


  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८०, शुक्रबार १६:२४

कोहलपुर,बाँके: विकास संवाद र संबृद्धिको बाटो नामक संस्था नरैनापुर आगलागि पिडित माझ पुगेको छ । बाँकेको नरैनापुरमा भएको आगलागीबाट प्रभावित परिवारलाई बाँके क्षेत्र नं. १ का माननिय संघिय सांसद सूर्य ढकालको निजि पहलमा आगलागि पिडितहरुलाई खाद्यान्न लगाएत राहत वितरण गर्न उक्त संस्था नरैनापुर पुगेको हो ।

विकास संवाद र संबृद्धिको बाटो नामक संस्थाले संघिय सांसदबाट उपलब्ध राहत स्थलगत रुपमा नरैनापुर पुगेर चामल,दाल, नुन, तेल लगाएत तयारी खाना बितरण गरेको हो ।

नरैनापुर गाउँपालिकाका ३ वटा टोलमा एकै दिन बैशाख ६ गते फरक­ फरक समय आगलागी हुदाँ १० घरघुरी जलेर खरानी भएको थियो । नरैनापुर गाउँपालिकामा दमकल उपलब्ध रहेकोले आगो नियन्त्रण गर्न सहज भएको अन्यथा ठूलो क्षति व्यहोरनु पर्ने अवस्था हुन्थ्यो स्थानिय बिनय दिक्षितले कोहलपुर टाईम्सलाई बताए ।

आगलागीको मुख्य कारण लापरवाही हो तर आगो कसरी लागेको हो भन्ने यकिन गर्न मुस्किल रहेको भन्दै स्थानिय वडा अध्यक्षहरुले आगलागिबाट बच्न संयमता अपनाउन नरैनापुरवासिलाई अनुरोध गरेका छन ।

राहत सामग्री वितरण गर्दै विकास संवाद र संबृद्धिको बाटोका अध्यक्ष माया गौतम, उपाध्यक्ष उर्मिला पाण्डे अधिकारी, कोषाध्यक्ष अम्बिका आचार्यले विपतमा आफनो चुनावी क्षेत्रमा सानो सहयोग भएपनि माननिय सांसदको प्रशंसा गर्दै प्रभावितलाई तत्काल सरकारले उचित ब्यबस्था गर्नुपर्ने बताएका छन ।

उनीहरुले अब नरैनापुर फुसका घर रहितको अभियान नै चलाउनुपर्ने भन्दै संघिय सरकारले फुसका घर हटाउन बजेटको ब्यबस्था गर्नुपर्नेमा जोड दिए । राहत वितरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु टेक बहादुर शाहि, माधव पौडेल लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

 

Nabintech