६ कार्तिक २०८१, मंगलवार
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८०, मंगलवार १४:२२

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  विश्वासको मत  पाएका छ्न्। उनले मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा  विश्वासको मत पाएका हुन्। प्रदेश सभाका बहुमत ५३ सासदले उनलाई  विश्वासको मत दिए छ्न्।  मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम  प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ।

उनलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी  केन्द्र, नागरिक उन्मुक्ति,लोसपा, जसपा, जनमत,र एक स्वतन्त्रले विश्वासको मत दिएका छ्न्।  त्यस्तै विपक्षमा एमालेका २९ सांसदले मत दिएका थिए। अहिले मुख्यमन्त्रीसँगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।

Nabintech