१३ मंसिर २०८१, बिहीबार
गर्मीका कारण तुलसीपुरका विद्यालय ५ दिन बन्द

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०८०, बिहीबार १७:४०

तुलसीपुर :  जिल्लामा गर्मी बढेसँगै तुलसीपुर उपमहानगरपालिकाले ५ दिन विद्यालय बिदा गरेको छ। उपमहानगरको शिक्षा शाखाले विज्ञप्ति निकालेर जेठ २६ देखि ३० गतेसम्म बिदा दिने निर्णय गरेको छ।

नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले यो वर्षको वर्षे बिदा कट्टी हुने गरी उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई ५ दिनसम्म गर्मी बिदा  दिने निर्णय भएको उपमहानगरका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार केही दिनदेखि दाङ जिल्ला लगायत आसपासका क्षेत्रमा बढेको गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने भएको साथै मौसमविद्का अनुसार अझै केही दिनसम्म तापक्रम बढ्न सक्ने पूर्वानुमान रहेकाले बिदा दिइएको हो।

यस्तै अत्यधिक गर्मी बढेपछि राप्ती गाउँपालिकाले पनि ३ दिनसम्मका लागि बिदा दिएको छ। जेठ २४ गते देखि जेठ २६ गतेसम्म हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी ३ दिन विद्यालय बिदा गरिएको गाउँपालिकाले जनाएको छ।

Nabintech