१२ मंसिर २०८१, बुधबार
गर्मी र वर्षासँगै सर्पदंशको चुनौती: सर्पले डसे के गर्ने ?

सर्पको पहिचान गरि सर्प र मानिस बिचको दुरी कमगर्न पनि भण्डारीको सुझाव


  • गीता गुरुङ्ग

  • ३१ जेष्ठ २०८०, बुधबार ०६:४४

चितवन:अहिले नेपालको तराई क्षेत्रमा उखरमौलो गर्मी छ । भने अन्य केहि जिल्लाहरुमा प्री मनसुन शुरु भएसंगै बर्षा शुरु भएको छ । गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धिहुने गर्छन् । अहिले नै सर्पको बिगबिगी नभए पनि नवलपरासी लगायतका स्थानमा सर्पदंशका बिरामीहरु देखिन थालेका छन् । अवको केहि समयमा गर्मी र वर्षासँगै सर्प जमिनमा देखिन थाल्छन् । जमिनबाहिर निस्कीएका सर्प जमीनको तपक्रमले गर्दा छहारी खोज्छन् भने घर भित्र पस्ने सम्भावना हुन्छ ।

सर्प संरक्षण कर्मी यमलाल भण्डारीले घर वरिपरी सरसफाई तथा जालिढोका लगाउन सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो “सर्पको टोकाईबाट बच्नको लागि घर वरिपरी सरसफाई राख्नु पर्छ,  झाडिहरु हुनुहुदैन् । झाडिभयो भने सर्प आएर बस्नसक्छ । त्यतिमात्रै हैन घरमा जालिढोका लगाउने, सुत्दा बिस्तारा टकटकाउने र झुल लगाएर सुन्ने गर्नुपर्छ । यतीमात्रै गर्नसके सर्पको टोकाईबाट बच्न सकिन्छ ”।

सर्पको टोकाईले मानिसहरु मृत्युको मुखसम्म पुगेका हुन्छन् । सर्पको प्रकार पहिचान नहुनु, सर्पले डसे अस्पताल भन्दा पनि धामिझाक्रीमा ध्यान दिनु लगायतका कारण मानिसको मत्यु समेत भएका हुन्छन् । सर्पदंशका घटनामा सचेतना नअपनाएका कारण मृत्यु तथा शारीरिक अपाङ्गता बेहोर्नु परेका हुन्छन् ।

सर्पले टोकिहाले सर्वप्रथम सर्पको पहिचान गर्न आवश्यक रहेको सर्प संरक्षण कर्मी भण्डारी बताउनु हुन्छ । उहाँले जतिसक्दो छिटो अस्पताल पुर्याउन, शरिरमा भएको घडी, औंठी, पेटी, चुरालगायत कस्सिने चिजहरु खोलिदिन आग्रह गर्नुभयो । उहाँका अनुसार बिषालु सर्पले डसेको भए बिषका कारण सुन्निने र सोहि कारण समस्या उत्पन्न हुनसक्ने छ । यस्तै अस्पतालसम्म नपुग्दा पोटास पानीमा डुवाउन उहाँको आग्रह छ ।

यस्तै भण्डारीले सर्पको पहिचान गरि सर्प र मानिस बिचको दुरी कमगर्न पनि सुझाव दिनु भएको छ । सर्प देख्ने बित्तिकै हतोत्साहित नभई पहिचान गरी संरक्षण गर्न आग्रह गर्नुभयो । चितवन नवलपरासी लगाएत नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट प्रभावित छन् ।

Nabintech