१० मंसिर २०८१, सोमबार
समाबेशी स्कुलमा छात्रामैत्रि शौचालय निर्माण हुने

क्लव, विद्यालय ब्यबस्थापन समिति, वडा, र बैजनाथ गाउँ पालिकाको संयुक्त लगानीमा छात्रा मैत्री शौचालय निर्माण गरिने


  • टाइम्स संवाददाता

  • ३१ जेष्ठ २०८०, बुधबार १३:५२

कोहलपुर,बाँके: बाँकेको बैजनाथ ४ तिलकपुरमा रहेको समाबेशी माध्यामिक बिद्यालयमा छात्रामैत्रि शौचालय निर्माण हुने भएको छ ।बाँके जिल्लामा बिभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ सेन्ट्रल बाँकेले समावेशी माध्यमिक विद्यालय बैजनाथ ४ मा छात्रामैत्री शौचालय परियोजना कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी हुँदाको बेला छात्रा मैत्री शौचालयको अभावमा उनीहरुले सामाना गर्नु पर्ने शारिरिक, मानसिक र सामाजिक समस्याका कारण कक्षामा उपस्थिति हुन नसक्ने कारणले उनीहरुको पढाई छुट्ने र गुणस्तरीय शिक्षा बाट बन्चित हुन सक्ने भएकोले विद्यालय हरुमा छात्रा मैत्री शौचालयको ब्यबस्थाको लागि क्लव, विद्यालय ब्यबस्थापन समिति, वडा, र बैजनाथ गाउँ पालिकाको संयुक्त लगानीमा छात्रा मैत्री शौचालय निर्माण गर्न लागिएको हो ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको संयोजनमा बैजनाथ गाऊपालिका वार्ड नं ४ को समन्वयमा उक्त स्कुलमा शौचालय निमार्ण गर्ने योजना अघि बढाउन लागिएको रोटरी क्लवले जनाएको छ ।

बैजनाथ गाँउपालिका वार्ड नं ४ अन्तरगत रहेको समावेशी माध्यमिक विद्यालयमा सामान्य अवस्थामा शौचालय भएतापनि छात्रामैत्री शौचालयको‌ अभावको वारेमा स्थानीय निकायलाई जानकारी गराउदै आगामी दिनमा बाँके जिल्लाका‌ अन्य स्कुलहरुमा पनि रोटरी क्लव अफ सेन्ट्रल बाँकेले यस्ता परिजनामा सहयोगको प्रतिबद्धता गर्ने रोटरी बर्ष २०२२/२३ का क्लब अध्यक्ष रोटरीएन बिश्व राम भण्डारीले बताए।

शौचालय निर्माणको लागत र बजेट सम्बन्धि परियोजना प्रमुख रोटरीएन बिमल कार्कीले जानकारी गराउदै उक्त परियोजना सफल पार्न बैजनाथ गाउँपालिका, मालिका हार्डवेयर प्रा.लि. र जय मंगलम सिमेन्टस प्रा.लि.ले सहयोगको प्रतिबद्धता गरेको जानकारी दिए।
छात्रामैत्री शौचालय परियोजना कार्यक्रम कार्यसमितिमा प्रेसिडेन्ट इलेक्ट रोटरीएन किशोर कृष्ण भण्डारी, क्लब प्रशासन प्रमुख रोटरीएन ईश्वरी जंग मल्ल, क्लब मेम्बरसीप प्रमुख रोटरीएन गंगाराम चौलागाई र रोटरीएन सदस्य दिनेश न्यौपाने रहेको क्लबले जानकारी गराएको छ।

 

 

Nabintech