१० मंसिर २०८१, सोमबार
कोहलपुरमा बृक्षारोपन अभियान शुरु

नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छ्त्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह


  • टाइम्स संवाददाता

  • २० असार २०८०, बुधबार १५:५४

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाले हरित शहरका लागि आज बुधवारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षारोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जनाए ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उप प्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका हुन । कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान शुरु भएको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुर शहरलाई हरित शहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासी जोडिनपनि आह्वान गरे ।

नगर उप प्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि वृक्षारोपण अत्यन्तै जरुरी रहेको बताईन ।उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणका लागि बोटबिरुवाको संरक्षण आवश्यक रहेकाले हरेक नगरबासीले रोपिएका बिरुवाको संरक्षण गर्नुपर्ने धारणा राखिन ।

कोहलपुर नगरपालिकाले यो सिजनमा एक हजार ६० कोनोकार्पस प्रजातिको बिरुवा रोप्ने तयारी गरेको छ । राजमार्गको बीच खण्डमा, नगर भवन परिसर, निर्माणाधीन नगर कार्यपालिकाको परिसर र बजार क्षेत्रमा कोनोकार्पस बिरुवा रोपिने नगर प्रहरी प्रमुख थापाले दिए ।
यस्तै नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छ्त्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह गरेको छ ।

Nabintech