११ मंसिर २०८१, मंगलवार
विकास,संबाद र संबृद्धिको बाटोले संकलन गर्यो २९ प्वाईन्ट रगत

चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपतकालीन एवं प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पता भएका वयस्कहरूलाई रगतको आबश्यकता पर्छ


  • टाइम्स संवाददाता

  • २३ असार २०८०, शनिबार १७:१४

कोहलपुर,बाँके: रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नु परोपकारी काम हो, आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान हो । बर्षाको समय आम नागरिकहरु खेत खल्यानहरुमा कामको शिलशिलामा छन तर पनि रगतको अभाव नहोस भन्ने हेतुले विकास,संबाद र संबृद्धिको बाटो नामक संस्थाको आयोजनामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित नेपाल रेडक्रसको बल्ड शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सभा सांसदहरु दुर्गा प्रसाद चौधरी, बसन्ति अधिकारी कोहलपुर वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, फोर एचका महासचिव बिष्णु बेल्वासे,गंगा बगाले, मुना कठायतसमेतको उपस्थितीमा २६ पुरुष र ३ महिला गरि  २९ जनाबाट २९प्वाईन्ट रगत संकलन गरिएको विकास,संबाद र संबृद्धिको बाटो अध्यक्ष माया गौतमले कोहलपुर टाईम्सलाई जानकारी दिईन ।

रक्त संकलन कार्यक्रममा श्रवण खनालले पहिलो ब्यक्तिको रुपमा रगत दिएर कार्यक्रमको शुरुवात गरेका थिए । नवकिरण शाह, टोपराज जैसि, पुजा भण्डारी ,गंगा बगाले,दुर्गा प्रसाद चौधरीलगाएत ४१ जनाले रगत दान गरेको कार्यक्रममा विकास,संबाद र संबृद्धिको बाटो संस्थाका उपाध्यक्ष उर्मिला अधिकारी पाण्डे, सचिव मुना कठायत, सह सचिव शान्ति थापा, कोषाध्यक्ष अम्बिका धिताल, गंगा बगाले, माधव पौडेल लगाएतले ब्यबस्थापनको काम गरेका थिए ।

कस्ता ब्यक्तिलाई चाहिन्छ रगत ?

चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपतकालीन एवं प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पता भएका वयस्कहरू, रक्तश्रावसँग सम्बन्धित बच्चाहरु, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती महिला आदिलाई रगत आवश्यक पर्दछ।

कसले रक्तदान गर्न सक्दैन ?

चिसो, फ्लु, घाँटी दुखाइ, पेट संक्रमण भएका व्यक्तिहरू। ट्याटु वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि छ महिनासम्म रगत दान दिन सक्दैनन्। सानो प्रक्रियामा दन्त चिकित्सककहाँ भ्रमण गर्ने व्यक्तिले दान दिनुअघि २४ घण्टा कुर्नुपर्छ। १३ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका पुरुष र १२ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका महिलाले रक्तदान गर्न सक्दैनन्।

यसैगरी एचआईभी संक्रमित व्यक्ति र रिक्रिएसनल औषधिहरुको प्रयोग गर्ने व्यक्तिले रक्तदान गर्न सक्दैनन्। गर्भवती महिला र स्तनपान गराउने महिलालाई बच्चा जन्माएको नौ महिनासम्म रक्तदान गर्न अनुमति छैन।

Nabintech