१० मंसिर २०८१, सोमबार
लम्पीस्किन रोगका कारण चितवनमा दूध उत्पादनमा कमी

रोगका कारण हालसम्म जिल्लाका दुई सय ९५ गाई मरीसकेका छन


  • टाइम्स संवाददाता

  • ६ भाद्र २०८०, बुधबार ०७:५५

चितवन:नेपाल कृषिप्रधान देश हो। जहाँको ६५ प्रतिशत मानिस कृषि कर्ममा लागेका छन्। कृषिका विभिन्न विधामध्ये दुग्ध व्यवसाय पनि एक प्रमुख पेशा हो। तर पछिल्लो समय देशभर महामारीको रुपमा फैलिएको लम्पीस्किन रोगको प्रत्यक्ष असर दुग्ध ब्यवसायमा परेको छ ।  दूध उत्पादनको प्रचुर सम्भावना बोकेको जिल्ला चितवनमा पनि अहिले उत्पादनमा कमी आएको छ । लम्पीस्किन रोगको प्रकोप तीव्र रुपमा फैलिए सगै दुध उत्पादनमा गिरावट आएको सौगात पशुपालन र्फामका सन्चालक भरतपुर १६ बिजयनगरका कल्यान अधिकारीले बताउनुभयो।

अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले  चितवनमा ११ दशमलव ९ प्रतिशतले दूध उत्पादन घटेको छ । अन्य पशुभन्दा गाई र भैँसीमा यो रोग बढी देखिएकोले दूध उत्पादनमा गिरावट आएको किसानहरूको भनाइ छ ।बिगत बर्षको तुलनामा अहिले दुध संकलमा कमी आएको बाग्लुङ आदर्श दुध डेरीका सन्चालक भरतपुर ११ का लेखनाथ शर्माले बताउनुभयो ।

चितवनमा ११५ वटा दुग्ध सहकारीहरु रहेका छन ।सहकारीमा सङ्कलन भएको दूध काठमाडौँ, पोखरा, हेटौँडा लगायतका सहरमा निर्यात गर्ने गरिएको छ । दैनिक डेढ लाख लिटर दूध चितवनबाट बाहिरी जिल्लामा निर्यात भइरहेकोमा अहिले भने एक लाख ३५ हजार लिटर दूध मात्र बाहिरी जिल्ला  निर्यात गर्ने गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो । विसं २०७७ सालबाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो । पछिल्लो तथ्याङ्क अनुसार चितवनमा ११ हजार ४ सय ७०  पशुमा लम्पीस्किनको संक्रमण देखिएको छ ।

यो रोगका कारण हालसम्म जिल्लाका दुई सय ९५ गाई मरीसकेका छन् ।सङ्क्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताउनुभयो।

Nabintech