९ मंसिर २०८१, आईतवार
स्नातकमा साईन्स ! अब बागेश्वरी बहुमुखि क्याम्पसमा

साईन्स कक्षा सञ्चालन गर्न स्थानियबासि, स्थानिय सरकार र क्याम्पसको ठेलो भुमिका रहने


  • टाइम्स संवाददाता

  • १० भाद्र २०८०, आईतवार १९:१०

कोहलपुर,बाँके: बाँके जिल्लाको एक मात्र स्नातकमा साईन्स पढाई हुने महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जपछि अब कोहलपुरमा पनि स्नातकमा साईन्स पढाई हुने लगभग पक्का पक्कि भएको छ ।

आज आईतवार वागेश्वरी बहुमुखि क्याम्पसमा मध्यपश्चिम विश्वबिद्यालयबाट ग्रयाजुटि साईन्स एण्ड टेक्नोलोजि बिभागबाट संभाब्यता अध्यन र रिसर्चकालागि आएको विश्वबिद्यालयको टोलिसंगको एक अन्तरक्रिया कार्यक्रम पछि कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा स्नातकमा साईन्स कक्षा सञ्चालन हुने भएको हो ।

क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको विश्वबिद्यालयसंग पटक पटक गरेको पहल र क्याम्पसको प्रस्तावनालाई मध्य नजर गर्दै मध्यपश्चिम विश्वबिद्यालयका डिन सुदिप ठकुरि र कम्प्युटर साईन्सका कोर्डिनेटर डबल महतरा संभाब्यता अध्यनकालागि क्याम्पस प्रांगणमा आएपछि कोहलपुरलाई शैक्षिक हव बनाउन कस्सिएका शैक्षिक अभियान्ता, स्थानिय सरकारका प्रतिनिधि, प्राध्यापक, निजि स्कुलका सञ्चालक तथा शिक्षकहरु, सामुदायिक बिद्यालयका शिक्षक एबं प्रचार्यहरु कोहलपुरको जेठो क्याम्पसमा स्नातकमा साईन्स ल्याउन आफुहरुले जस्तोसुकै सहयोग गर्न समेत तत्पर रहेको बताएका छन ।

सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले क्याम्पसलाई जनरल साईन्स दिएमा आफनो कार्यकाल भरि यो तहको अध्यन अध्यापनमा लथालिङ्गको अबस्थामा जान नदिने बचनबद्धता ब्यक्त गरेका छन । उनले बागेश्वरी क्याम्पसलाई केन्द्रबिन्दुमा राखेर नगर भरिका बिद्यालयलाई समेत प्रयोगमा आउने गरि साईन्स ल्याबको स्थापना गर्न आगामि बर्षमा बजेटको ब्यबस्था गर्ने भन्दै आफुले कोहलपुरलाई शैक्षिक हव बनाउन चाहेपनि दक्ष जनशक्ति अभाव हुदै गएको प्रति चिन्ता ब्यक्त गरे ।

बिषयगत बिज्ञ उत्पादन गर्न निकै चुनौतीपुर्ण रहेको परिप्रेक्षमा स्नातकमा साईन्स सञ्चालनमा आएमा कोहलपुरले राहत महशुश गर्ने बताएका मेयर आचार्यले कोहलपुर नगर शंभावनाको शहर भएकाले बिज्ञान बिषय छिटै सञ्चालनमा ल्याउन आफुले नगरबाट ब्यबस्थापनले सोचे जति सहयोग गर्न पछि नहटने जिकीर गरे ।

कार्यक्रममा मध्यपश्चिम विश्वबिद्यालय ग्रयाजुटि साईन्स एण्ड टेक्नोलोजि बिभागका डिन सुदिप ठकुरिले साईन्स सञ्चालनका लागि क्याम्पस स्वसञ्चालनमा सक्षम हुनुपर्ने बताउदै शुरुवात गर्नपुर्व नै सवै तयारीहरु गरिसक्नुपर्नेमा जोड दिए । उनले बिषयगत प्राध्यापक नपाईनु देश भरिकै समस्या भएको औंलयाउदै बागेश्वरी क्याम्पसमा साईनस चलोस भन्ने आफनो समेत चाहना भएकाले साईन्स सञ्चालनका लागि स्थानिय जनता, स्थानिय सरकारको महत्वपुर्ण भुमिका हुने बताए ।

साईन्स सञ्चालनकालागि प्रयाप्त बजेट तथा पुर्वाधार, खेल मैदान, यथेष्ठ साईन्स ल्याव क्याम्पसले नै ब्यबस्थापन गर्नुपर्ने भन्दै डिन ठकुरिले साईन्स सञ्चालन गर्दा अन्तरास्ट्रिय मार्केटको समेत क्याम्पसले ध्यान दिन जरुर रहेको औंल्याए । क्याम्पस प्रमुख दान बहादुर हमालले बागेश्वरी क्याम्पसले कोहलपुर नगरपालिका मात्र नभएर राप्ति सोनारी, बैजनाथ गाउपालिकाका बिद्यार्थीहरुलाई समेत शिक्षा दिईरहेको बताउदै शैक्षिक अभियानलाई निरन्तरता दिंदै २१ औं सुहाउदो शिक्षा लागु गर्नकालागि क्याम्पसले स्नातकमा साईन्स सञ्चालन गर्न चाहेको बताए ।

उनले कोहलपुर र यस आसपासका पालिकाहरुमा थुप्रै प्लस टु सञ्चालनमा रहेको चर्चा गर्दै १२ पास गरिसकेपछि पलाएन हुने जनशक्तिहरुलाई स्थानिय स्तरमा रोक्न पनि साईन्स अत्यावश्यकरहेको चर्चा गरे । विश्वबिद्यालयले सञ्चालन अनुमति प्रदान गरे कोहलपुरमा रहेका बिभिन्न निकायहरुको सहयोगमा आफुहरुले स्नातकमा साईन्स सञ्चालन गर्न सकिने भन्दै अनुमति प्राप्ती हुनेमा आफु विश्वस्त रहेको बताए ।

स्नातकमा साईन्स सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा स्वतन्त विद्यार्थी युनियनका अध्यक्ष देबेन्द्र बुढा, बाल बिद्या माबिका प्राचार्य गोविन्द सुबेदी,सगरमाथा ज्ञानपुञ्ज माबिका प्राचार्य मोहन प्रसाद चौधरी, शिक्षक संघ बाँकेका अध्यक्ष ऋषिराज शर्मा,प्राध्यापक संघका सभापति राज बहादुर चन्द, एन प्याब्सनका लुम्बिनी प्रदेश सदस्य शिव डाँगि, प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावत,क्याम्पस सञ्चालक समितीका पुर्व अधयक्ष होम प्रकास सुबेदी, विश्वबिद्यालयका डवल महतरा लगाएतले कोहलपुरमा साईन्स कक्षाका संभावना र चुनौतीका बारे आ आफनो धारणा राखेका थिए ।

क्याम्पसका प्राध्यापक, बिद्यार्थी, कोहलपुर क्षेत्रका शिक्षाप्रमीहरुको बाक्लो उपस्थित कार्यक्रममा स्वागत क्याम्पसका पुर्व कयाम्पस प्रमुख खगराज पन्तले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्राध्यापक खोपिराम वलिले गरेका थिए ।

Nabintech