कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर प्रहरीले जनताको मन जित्ने गरि काम गरेको दावि गरिएको छ । नगर प्रहरीले बिभिन्न शिर्षकमा १ लाख अटहत्तर हजार तीन सय साठि रुपैया राजस्व समेत संकलन गरेको छ ।नेपाल प्रहरीबाट भर्ना छनौंट भइ तालिम प्राप्त कोहलपुर नगर प्रहरीमा प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वमा २३ जना जनशक्ती रहेका छन ।
नगर प्रहरीले बजार व्यवस्थापन, सार्वजनिक सम्पतीको संरक्षण, अतिक्रमण नियन्त्रण, सफा, स्वच्छ तथा हरित नगरको निर्माण, सुरक्षा व्यवस्थापन, सामाजिक विकृति नियन्त्रण, न्यायिक समितिको निर्णय कार्यान्वयन र विपद् व्यवस्थापन लगायतका कामलाई प्राथमिकता दिएर काम गरिरहेको छ । कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका निर्माणका लागि नगर प्रहरीले काम गरिरहेको पनि नगर प्रहरी प्रमुख वीर वहादुर थापाको दावि छ ।
कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउन नगरबासीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने काम नगर प्रहरीले गरिरहेको दावि गरिएको छ । अहिलेसमम ९७८ वटा होडिङ वोर्ड तथा फ्ल्यास वोर्ड नियन्त्रण गरी ४९ जनालाई कारवाही गरिएको र त्यो बाट १ लाख ७ हजार ८६० रुपैयाँ राजश्व संकलन भएको छ भने फुटपाथ तथा ठेला व्यवस्थापनमा १४१ जनालाई कारवाही गरी ७० हजार ५०० जरिवाना गरिएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीले नगर विकास क्षेत्रमा रहेका मापदण्ड विपरीतका ४४० वटा ट्रष्ट पनि हटाउने कार्य सम्पन्न गरेको छ ।