काठमाडौं : जनावरको संरक्षणबारेमा सचेतना जगाउन बुधबार विश्व पशु दिवस मनाइँदै छ। वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पशुपक्षीको योगदान महत्त्वपूर्ण रहने पशु संरक्षणकर्मी बताउँछन्।
राष्ट्रिय जनावर मानिने गाई, तिहारमा पूजा गरिने कुकुरलगायतका जनावरप्रति मानवीय व्यवहार क्रुर हुन थालेको भन्दै उनीहरू चिन्तित छन्।