९ मंसिर २०८१, आईतवार
नेपालगञ्जमा आज पनि दिउस निषेधाज्ञा, रातिमा कफर्यु कायमै

भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा


  • टाइम्स संवाददाता

  • १९ आश्विन २०८०, शुक्रबार ०७:३७

नेपालगञ्ज: बाँकेको नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको बिवाद र त्यसबाट उत्पन्न असहज परिस्थितीलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले विहिवार जारी सुचनालाई निरन्तरता दिंदै आज शुक्रवार पनि नेपालगञ्ज आसपासका क्षेत्रमा दिउसोको समयमा निषेधाज्ञाा र रातिमा लगाईदै आएको कफर्युलाई निरन्तरता दिएको छ ।

नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यू आदेश तीनदिन पछि खुकलो पार्दै आएको छ ।

 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज विहान जारी विज्ञप्तीमा असोज १९ गते बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफर्यु हटाउने र १९ गते साँझ ८ बजेदेखि २० गते बिहान ६ बजेसम्म कफर्यु रहने उल्लेख छ ।

स्थानीय प्रशासनले जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) (क) (३) बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चित कालिन कर्फु आदेश जारी गरेको थियो ।

साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Nabintech